सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्रयान–२ र चन्द्रयान–३ मा के छ अन्तर ? इसरोका पूर्व प्रमुखले बताए

मङ्गलबार, ०५ भदौ २०८०, १६ : ०३
मङ्गलबार, ०५ भदौ २०८०

इसरोका पूर्व प्रमुख के. सिवनले चन्द्रयान–२ र चन्द्रयान–३ बीचको समानता र भिन्नताबारे औँल्याएका छन् । 

सिवनले समाचार एजेन्सी ‘पिटिआई’ सँगको कुराकानीमा यसबारे बताएका हुन् । उनले यसबारे कुरा गर्दै भने, ‘चन्द्रयान(३ को उद्देश्य चन्द्रमाको दक्षिणी ध्रुव (साउथ पोल) नजिक सफ्ट ल्यान्डिङ गर्नु र त्यहाँ वैज्ञानिक प्रयोगहरू गर्नु हो ।’

‘चन्द्रयान–३ यही उद्देश्यले बनाइएको हो र चन्द्रयान–२ पनि त्यस्तै थियो । चन्द्रयान–२ मा आर्बिटर थियो भने चन्द्रयान–३ मा प्रोपल्सन मोड्युल थियो । योबाहेक अरू भिन्नता केही पनि छैन । ’

‘चन्द्रयान–३ मा ल्यान्डर मोड्युल, प्रोपल्सन मोड्युल र रोभर हुन्छ ।’

‘प्रोपल्सन मोड्युलको मुख्य काम ल्यान्डर मोड्युललाई चन्द्रमाको कक्षमा सुरक्षित रूपमा पुर्‍याउनु हो । चन्द्रयान–२ अवतरणको क्रममा असफल भएको थियो, त्यसैले चन्द्रयान–३ यस्तो असफलताबाट बच्न उन्नत प्रविधिले सुसज्जित छ ।’

‘यसले ल्यान्डरलाई सुरक्षित ल्यान्डिङमा मद्दत गर्छ । यसमा ल्यान्डर मोड्युलमा स्थापित सात मुख्य प्रविधि समावेश छन् । यसमा सबैभन्दा पहिला अल्टिमिटर हुन्छ । यो चन्द्रयान–३ को अवतरणका बेला त्यसको उचाइलाई नियन्त्रित गर्नेछ ।’

‘यसले लेजर र रेडियो फ्रिक्वेन्सीको मद्दतले काम गर्छ । दोस्रो हो भेलोसिटी मिटर । यसले चन्द्रयान–३ को गतिलाई नियन्त्रित गर्छ । यसमा लेजर डोपलर भेलोसिटी मिटर र ल्यान्डर होरिजेन्टल भेलोसिटी क्यामरा समावेश छ ।’

‘यी दुवैले चन्द्रमाको सतहको तस्बिर खिच्छन् र लगातार यसको निरीक्षण गर्छन् । ल्यान्डर मोड्युल सुरक्षित रूपमा अवतरणको सुनिश्चितताका लागि यसो गरिन्छ । ’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप