कोशी प्रदेशमा मल कारखाना जरूरी छ : मुख्यमन्त्री थापा
शनिबार, ०९ भदौ २०८०, २० : ३६
सुन्दरहरैँचा । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्वव थापाले मल पर्याप्त नपाउँदा किसान मर्कामा परेको उल्लेख गर्दै प्रदेशमा मल कारखाना स्थापना जरुरी रहेको बताएका छन् ।
शनिबार इटहरीमा हुलास वायर इन्डष्ट्रिजको ‘संवर्द्धन समारोह’मा मुख्यमन्त्री थापाले भने, “कोशी प्रदेशमा मल पर्याप्त नपाएको अवस्था छ । समस्या समाधानका लागि प्रदेशमै मल कारखाना सञ्चालन जरुरी छ ।” यसका लागि उनले हुलास कम्पनीलाई मल कारखाना स्थापना गर्न आग्रह समेत गरे ।
कोशी प्रदेशका किसानका समस्या जटिल रहेका भन्दै उनले राज्यले ती समस्या सम्बोधन गर्न नसकेको बताए । मुख्यमन्त्री थापाले भने, “कोशी प्रदेशमा मल कारखानाको स्थापनाका लागि हुलास कम्पनीले सहयोग गरोस्, राज्यको तर्फबाट आवश्यक समन्वय तथा सहकार्य हुन्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण