५६४ महिलासहित ६०७० जना नेपाली शान्ति सैनिक कार्यरत
काठमाडौँ । विभिन्न १३ मिशनहरुमा ६०७० जना शान्ति सैनिक कार्यरत रहेको नेपाली सेनाले जनाएको छ । यो संख्यासँगै नेपाल संयुक्त राष्ट्रसंघलाई फौज उपलब्ध गराउने सदस्य राष्ट्रहरुमध्ये शीर्ष दोस्रो स्थानमा रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यस्तै, नेपालबाट ५६४ महिला पनि शान्ति सैनिकका रुपमा खटिएका छन् । जुन महिलाहरुतर्फ शान्ति सेनामा संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरुमध्ये सबैभन्दा ठूलो सहभागिता भएको सेनाले जनाएको छ ।
यसैबीच सैनिक प्रहरी युनिट (शान्ति सेना) नवौं डफ्फाका ७१ जना शान्ति सैनिकहरु सोमबार सेन्ट्रल अफ्रिकन रिपब्लिकका लागि प्रस्थान गरेका छन् । प्रमुख सेनानी अशोक कुमार मल्लको नेतृत्वमा रहेका उक्त टोली त्यसतर्फ प्रस्थान गरेका हुन् ।
यसअघि भाद्र १० गते सोही मिशनमा सहभागी सैनिक प्रहरी युनिट (शान्ति सेना) आठौं डफ्फाका ७१ जना सैनिकहरु प्रमुख सेनानी भगत तामाङ्गको नेतृत्वमा स्वदेश फिर्ता भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण