अझै भेटिएनन् बेपत्ता डाक्टर
विराटनगर । सप्तकोसी नदीको पुल छेउमा गाडी, जुत्ता र मोबाइल छोडेर बेपत्ता भएका झापा दमकका डाक्टर प्रज्ज्वल कोइरालाको अवस्था अझै अज्ञात छ ।
झापाको दमक–१ निवासी कोइराला मदन भण्डारी ट्रमा सेन्टर, उर्लाबारीमा जनरल सर्जनको रुपमा कार्यरत थिए । डाक्टर कोइराला राति २ बजे कोशीको पुलमा आएको सिसी टिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, उदयपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्र फुयाँलले दिएको जानकारी अनुसार १–०२–००२ च ४१६६ नम्बरको कार छाडेर उनी बेपत्ता भएका हुन् । बेवारिसे कार देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले पुलको रेलिङमा उनको मोबाइल, जुत्ता र मोजा फेला पारेको थियो ।
‘होटेलहरूमा फोटोसहित खोजी गर्दा समेत फेला नपरेपछि सशस्त्रको गोताखोर टोली ल्याएर दिनभरि खोजी गरेका थियौँ,’ फुयाँलले भने, ‘कोशीमा पानीको बहाब बढेका कारण सबैतिर खोजी गर्न पनि समस्या भयो ।
गहिरो ठाउँहरूमा गोताखोरको टोलीले प्रयास गरेको थियो । स्थानीय बासिन्दा र हामी मिलेर दिनभरि खोजी गर्यौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण