१८ स्ववियु सभापतिले भने – इन्जिनियरिङ अध्ययन संस्थानले शुल्क वृद्धि फिर्ता लिनुपर्छ
काठमाडौँ । स्ववियु सभापतिहरूले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) आङ्गिक क्याम्पस स्नातक तहमा भएको शुल्क वृद्धि फिर्ता लिन माग गरेका छन्।
स्ववियु सभापतिले संस्थानलाई शुल्क वृद्धि फिर्ता लिन माग गरेका हुन्। संयुक्त विज्ञप्ति निकालेर १८ जना स्ववियु सभापतिले विद्यार्थीले सर्वसुलभ रूपमा गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउनुपर्ने बताएका छन्।
‘इन्जिनियरिङ अध्ययन संस्थानले १४४ प्रतिशत शुल्क वृद्धि गरी ३ लाख १८ हजार बाट ७ लाख ७५ हजार ४ सय २० पुर्याएकोमा हामी सबैको गम्भीर ध्यानाकर्षण भएको छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।
विश्वविद्यालयभित्र शैक्षिक माफिया तन्त्र हाबी भएको उनीहरूको आरोप छ । ‘अस्वाभाविक शुल्क वृद्धि विरुद्ध पुल्चोक इन्जिनियरिङ क्याम्पस नेविसंघ सभापति सुलभ चापागाई भदौ ४ गतेदेखि अनसन बसेका छन्। उनको जीवन रक्षका लागि त्रिवि र नेपाल सरकारसँग अनुरोध गर्दै शुल्क वृद्धि यथाशीघ्र फिर्ता लिन माग गर्दछौँ।’
इन्जिनियरिङ अध्ययन संस्थानले शुल्क वृद्धि गरी ७ लाख ७५ हजार ४ सय २० रुपैयाँ पुर्याएपछि विद्यार्थीहरू आन्दोलनमा छन्। गत मंगलबारदेखि नेविसंघ पुल्चोक इन्जिनियरिङ क्याम्पस नेविसंघ सभापति सुलभ चापागाई आमरण अनसनमा छन् ।
विद्यार्थी र डिन कार्यालयबीच दुई पटकसम्म वार्ता हुँदा पनि निष्कर्ष निस्किन सकेको छैन ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण