रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयासमा टर्की
मस्को । रुसी विदेशमन्त्री सेर्गेई लाभरोभको मैत्रीपूर्ण निमन्त्रणामा टर्कीका विदेशमन्त्री हाकान फिदान बिहीबार रुसको भ्रमणमा आउने भएका छन् । विदेशमन्त्री फिदानले गत साता युक्रेनी अधिकारीहरूसँग वार्ता गरेपछि उनको मस्को भ्रमण घोषणा भएको हो ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगान पनि सुरक्षित रुपमा खाद्यान्न ढुवानी गर्ने वातावरण मिलाउन तथा यसअघि भएको त्रिपक्षीय सम्झौतालाई पुनर्जीवित गर्ने सम्बन्धमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न चाँडै रुसको भ्रमणमा आउने बताइएको छ ।
रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले विदेशमन्त्री लाभरोभ र हाकान फिदानबीच युक्रेन, सिरिया, लिबियालगायत मामिलाबारे छलफल गर्ने बताएकी छन् ।
राष्ट्रपति एर्दोगानले मस्को र किएभसँगको आफ्नो राम्रो सम्बन्धलाई सदुपयोग गर्दै दुवै पक्षलाई औपचारिक शान्ति वार्तामा ल्याउने प्रयास गरेका छन् ।
उत्तर एटलान्टिक सन्धि सङ्गठन ९नेटो० सदस्य टर्कीले गत वर्ष द्वन्द्व सुरु भएपछि रुस, युक्रेन र राष्ट्रसङ्घ सम्मिलित युक्रेनी बन्दरगाहहरूबाट अन्न ढुवानी गर्नेसम्बन्धी सम्झौता गराउन अहम् भूमिका निर्वाह गरेको थियो ।
केही समयअघि रुसले एकपक्षीय रुपमा उक्त सम्झौताको म्याद स्वतः समाप्त भएको घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण