राडीपाखी व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो
खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकाले राडीपाखीको व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो उपलब्ध गराएको छ । पुर्खौली पेसा राडीपाखी व्यवसाय गर्दै आएका महिलाको व्यावसायिक विकासमा सघाउ पु¥याउने उद्देश्यका साथ गाउँपालिकाले आवश्यक सामग्री तयार गरेर उपलब्ध गराएको हो ।
गाउँपालिकाबाट गत आर्थिक वर्ष विनियोजित रु पाँच लाख बजेटमा एक सय ७० थान कोरेसो र ५० थान चर्खा निर्माण गरेर वितरण गरिएको गाउँपालिका उपप्रमुख कौशिला गुरुङले जानकारी दिइन् । पहिलो चरणमा हौंचुरको पोखरी र चाँपखर्क, कुभिन्डेको गोपिनी तथा डुम्रोधारापानी र दुवेकोलका राडीपाखी व्यवसायी महिलालाई चर्खा र कोरेसो वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
भेडाको उनबाट राडी, जमट, चकटी, अस्कोट, लुकुनी, घुमराडी, दोचालगायतका सामान बुन्ने क्रममा सामग्रीको अभाव झेलिरहेका महिलालाई लक्षित गर्दै चर्खा र कोरेसो वितरण गरिएको उपप्रमुख गुरुङले बताइन् । “धागो कात्ने सामग्री (चर्खा) बनाउने सीपको अभावले कतिपय महिला पेसा नै छाड्नुपर्ने अवस्थामा पुगेका थिए । कोरेसो प्रत्येक व्यवसायीलाई र चर्खा दुई तीन जनाले चलाउन पाउनेगरी वितरण गरिएको छ”, उनले भनिन्, “राडीपाखीसम्बन्धी काम गर्ने राई, भुजेल, मगर समुदायका महिलालाई पनि क्रमशः चर्खा र कोरेसो उपलब्ध गराउने कार्यक्रम बनाइएको छ । यसले उनीहरुको जीविकोपार्जनमा थोरै भए पनि सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।”
दश स्थानीय तह रहेको जिल्लामा विशेष गरी गुरुङ समुदायका महिलाले राडीपाखी बुन्ने पेसा अपनाउँदै आएका छन् । जिल्लाका कतिपय गुरुङ समुदायका महिलाले राडीपाखी बुनेर आएको आम्दानीबाटै आफ्नो घरपरिवारको गर्जो टार्ने गरेका छन् ।
जिल्लाको हौंचुर, पोखरी, चापखर्क, नेर्पा, दिम्मा, बादुङ, बुइपा, साब्रु, बाक्सिलालगायतका स्थानमा बसोबास गर्ने गुरुङ समुदायका महिलाले पुस्तौँदेखि चल्दै आएको राडीपाखी बुन्ने पेसा अपनाउँदै आएका छन् । राडीपाखी व्यवसाय जिल्लाका गुरुङ समुदायका महिलाको नगद हात लाग्ने प्रमुख पेसाको रुपमा चिन्ने गरिन्छ ।
जिल्लामा उत्पादित अधिकांश राडीपाखी जिल्ला बाहिर राजधानी काठमाडौँलगायतका ठाउँमा निर्यात हुने गरेको छ । जिल्लाका महिलाले आफ्नै तरिकाले परम्परागत रुपमा उत्पादन गर्दै आएका राडीपाखीलाई प्रवद्र्धन गर्न पछिल्लो समय स्थानीय तहले सहयोग गर्न थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण