शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पेरिसमा अब सार्वजनिक भाडाका विद्युतीय स्कुटर चलाउन नपाइने

बिहीबार, १४ भदौ २०८०, १३ : ४५
बिहीबार, १४ भदौ २०८०

पेरिस । फ्रान्सको पेरिसमा सार्वजनिक भाडामा चल्ने विद्युतीय स्कुटरहरुलाई प्रतिवन्ध लगाइने भएको छ । 

शुक्रवारबाट शहरमा सार्वजनिक भाडामा लिएर विद्युतीय स्कुटरहरु चलाउन नपाइने भएको हो । यस वर्षको अप्रिल २ मा १ लाख पेरिसवासीले गरेको मतदानमा लगभग ९० प्रतिशत मतदाताले सार्वजनिक इलेक्ट्रिक स्कुटर, अपरेटर र पेरिस शहरकोबीचमा भएको सम्झौताको बिरुद्धमा मतदान गरे । इलेक्ट्रिक स्कुटर सार्वजनिक रुपमा भाडामा लिएर चलाउन पाउने अभियान सन् २०१८ मा शुरु गरिएको थियो । एक पेरिस निवासीले विद्युतीय सार्वजनिक स्कुटर हटाउनु राम्रो नभएको बताए ।  मेट्रो र आफैँ निजी सवारी चलाउन नसक्नेहरुका लागि सार्वजनिक विद्युतीय स्कुटर राम्रो भएको उनको भनाइ थियो । 

अर्का एक स्थानीयले इलेक्ट्रिक स्कुटर आरामदायी रहेको बताए । उनले नजिकैको स्थानमा घुम्नको लागि यो एकमात्र सही साधन भएको बताए । 
 केही दुर्घटना हुनेकुरा सामान्य भएको र त्यसलाई कम गद लैजान सकिने उनको मनाइ थियो । सार्वजनिक यातायात सबै बन्द भइसकेपछि इलेक्ट्रिक स्कुटर नै एकमात्र माध्यम बन्ने उनको भनाइ थियो । 


अर्का एक वासिन्दाले भने ई. स्कुटरले धेरै दुर्घटना निम्त्याएकाले प्रतिवन्ध लगाउनु राम्रो भएको बताए । 

ई.स्कुटर प्रतिवन्ध लगाउँदा पैदल यात्रु दुर्घटनाबाट बच्ने उनको भनाइ छ । ई स्कुटर चलाउनेले ट्राफिक नियमको पालना नगर्दा धेरै दुर्घटना भएकाले यो निर्णय गरिएको हुनसक्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप