दक्षिण अफ्रिकाको एक पाँच तले भवनमा आगलागी, ६४ को मृत्यु
बिहीबार, १४ भदौ २०८०, १४ : २२
दक्षिण अफ्रिकाको जोहान्सबर्गमा एक पाँच तले भवनमा आगलागी हुँदा ६४ जनाको मृत्यु भएको छ । जसमध्ये सात जना बालबालिका पनि रहेका छन् । अलजजिराको रिपोर्ट अनुसार ४३ जना घाइते भएका छन् जसका कारण मृत्युको आँकडा थप बढ्ने डर छ । बिहीबार बिहान करिब पाँच बजे आगलागी भएको हो ।
अधिकारीका अनुसार आगोलाई नियन्त्रणमा लिइएको छ । एपीको रिपोर्ट अनुसार यो भवनमा करिब २०० जना घरबार बिहिन मानिस अनुमति बिना बसिरहेका थिए । न्यायो बनाउन बालेको आगो अन्य ठाउँमा सल्किएर आगलागी भएको स्थानीय सरकारी अधिकारीले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण