दक्षिण अफ्रिकाको एक पाँच तले भवनमा आगलागी, ६४ को मृत्यु
बिहीबार, १४ भदौ २०८०, १४ : २२

दक्षिण अफ्रिकाको जोहान्सबर्गमा एक पाँच तले भवनमा आगलागी हुँदा ६४ जनाको मृत्यु भएको छ । जसमध्ये सात जना बालबालिका पनि रहेका छन् । अलजजिराको रिपोर्ट अनुसार ४३ जना घाइते भएका छन् जसका कारण मृत्युको आँकडा थप बढ्ने डर छ । बिहीबार बिहान करिब पाँच बजे आगलागी भएको हो ।
अधिकारीका अनुसार आगोलाई नियन्त्रणमा लिइएको छ । एपीको रिपोर्ट अनुसार यो भवनमा करिब २०० जना घरबार बिहिन मानिस अनुमति बिना बसिरहेका थिए । न्यायो बनाउन बालेको आगो अन्य ठाउँमा सल्किएर आगलागी भएको स्थानीय सरकारी अधिकारीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले बजेटलाई किन मान्यो ‘अवैध’ ?
-
पहिला खेल मैदानमा पसिना बगाए, अहिले खेलकुद हाँक्ने जिम्मा पाए
-
सर्वोच्चले एनआरएनएको १० औँ महाधिवेशन रद्द गर्ने आफ्नै फैसला पुनरावलोकन गर्ने
-
'टेक एण्ड पे' पीपीए संशोधनमा सरकार गम्भीर नभएपछि इप्पानले घोषणा गर्यो आन्दोलन
-
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वकार्यकारी निर्देशक ठाकुरसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कुलिङ पिरियड’ हटाउने चलखेलविरूद्ध अधिकांश दल, एक्लिँदै एमाले