सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

शाहरुखको ‘जवान’ को ट्रेलर रिलिज

बिहीबार, १४ भदौ २०८०, १५ : ३५
बिहीबार, १४ भदौ २०८०

शाहरुख खानको फिल्म ‘जवान’ को ट्रेलर रिलिज भएको छ । यो ट्रेलरबाट शाहरुख खान एक पिता र छोराको भूमिकामा देखिने पक्का भएको छ । उनी ट्रिपल भूमिकामा देखिने हो कि भन्ने सम्भावना छ । 

ट्रेलरमा शाहरुख आर्मी सिपाही, आईपीएस अफिसर र अपहरणकर्ताको भूमिकामा देखिएका छन् ।

ट्रेलर बुबाको कथाबाट सुरु हुन्छ

फिल्मको ब्याकग्राउन्ड स्टोरीबाट ट्रेलर सुरु हुन्छ । शाहरुख खान भ्वाइस ओभरमा भन्छन् ‘एउटा राजा थियो... एकपछि अर्को लडाइँ हार्दै गयो... ऊ भोक–तिर्खाले जङ्गलमा भटकिरहेको थियो... धेरै रिसाएको थियो ।’

शाहरुखबाहेक यसमा विजय सेतुपति, नयनतार, दीपिका पादुकोण र सान्या मल्होत्रासमेत थुप्रै कलाकार देखिएका छन् । फिल्म ७ सेप्टेम्बरमा सिनेमा घरमा रिलिज हुनेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप