खेलकुद
क्रिकेट संघ बागमती प्रदेशको अध्यक्षमा पारस खड्का निर्वाचित
शुक्रबार, १५ भदौ २०८०, १९ : ०२
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का क्रिकेट संघ बागमती प्रदेशको अध्यक्षमा निर्वाचित भएका छन् ।
शुक्रबार भएको निर्वाचनमा उमेश पियालाई पराजित गर्दै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । खड्काले २३ मत पाउँदा उनका प्रतिस्पर्धी पियाले १४ मत प्राप्त गरेका छन् ।
यस्तै संघको उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री, सचिवमा प्रशन्न शाक्य र कोषाध्यक्षमा सञ्जय बस्नेत विजयी भएका छन् । सदस्यमा अजयराज पाण्डे, अनिल अधिकारी, सन्जोग पोखरेल, सुजन महर्जन, हिरक श्रेष्ठ, शेखर श्रेष्ठ, बसन्त राज सत्याल, नीरा राजोपाध्याय, अनुजमान श्रेष्ठ निर्वाचित भएका छन् ।
संघको १३ सदस्यीय कार्यसमितिमा पारसको टिमबाट १२ जना निर्वाचित भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण