खेलकुद
क्रिकेट संघ बागमती प्रदेशको अध्यक्षमा पारस खड्का निर्वाचित
शुक्रबार, १५ भदौ २०८०, १९ : ०२

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का क्रिकेट संघ बागमती प्रदेशको अध्यक्षमा निर्वाचित भएका छन् ।
शुक्रबार भएको निर्वाचनमा उमेश पियालाई पराजित गर्दै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । खड्काले २३ मत पाउँदा उनका प्रतिस्पर्धी पियाले १४ मत प्राप्त गरेका छन् ।
यस्तै संघको उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री, सचिवमा प्रशन्न शाक्य र कोषाध्यक्षमा सञ्जय बस्नेत विजयी भएका छन् । सदस्यमा अजयराज पाण्डे, अनिल अधिकारी, सन्जोग पोखरेल, सुजन महर्जन, हिरक श्रेष्ठ, शेखर श्रेष्ठ, बसन्त राज सत्याल, नीरा राजोपाध्याय, अनुजमान श्रेष्ठ निर्वाचित भएका छन् ।
संघको १३ सदस्यीय कार्यसमितिमा पारसको टिमबाट १२ जना निर्वाचित भएको जनाइएको छ ।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका तीन क्रिकेट खेलाडी सम्मानित
-
१५ औँ राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता खेलाडी तथा प्रशिक्षक सम्मानित
-
नागार्जुनका मेयर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर, असार १६ गते सजाय तोकिने
-
आखेटोपहारलाई मानप्रतिष्ठाका रूपमा सङ्कलन र प्रदर्शन गर्नेलाई कारबाही गर्नू : सर्वोच्च अदालत (पूर्णपाठ)
-
टोखामा फ्ल्याटमा बस्थिन् सुन तस्करीमा संलग्न अमला
-
क्रिकेटका हिरो इमरान खानको उत्थानदेखि पतनसम्मको यात्रा