नासाले जारी गर्यो रुसको लुना-२५ दुर्घटना भएको ठाउँको तस्बिर
न्युयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा रुसी स्याटेलाइट लुना–२५ दुर्घटनाग्रस्त भएको स्थानको तस्बिर सार्वजनिक गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार लुना–२५ दुर्घटना भएको ठाउँमा १० मिटर चौडाइ भएको क्रेटर बनेको छ ।
नासाले साझा गरेको तस्बिरमा चन्द्रमाको सतहमा क्रेटर जस्तो आकार देखिन्छ । पछिल्लो ४७ वर्षमा रुसले चन्द्रमामा मिसन पठाएको यो पहिलो पटक थियो । लुना–२५ चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्नुभन्दा एक दिनअघि १९ अगस्टमा दुर्घटना भएको थियो । प्राविधिक कारणले यो दुर्घटना भएको बताइएको छ ।
चन्द्रमामा बनेको यो नयाँ क्रेटर करिब १० मिटर चौडा रहेको नासाले जनाएको छ । नासाको विज्ञप्ति अनुसार नयाँ क्रेटर देखिने ठाउँ दुर्घटना स्थलको एकदमै नजिक छ।
चन्द्रमा ट्र्याक गर्ने अर्बिटरले यो तस्बिर खिचेको हो। प्राकृतिक कारणले नभई लुना–२५ दुर्घटनाका कारण खाडल बनेको हुनसक्ने बताइएको छ ।
लुना–२५ दुर्घटना भएको चार दिनपछि भारतले चन्द्रयान–३ चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण