कामनपाले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको छ : सुनिता डंगोल
काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले कामनपाले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको बताएकी छन् । शनिवार काठमाडौंमा आयोजित नाट्यकर्मी महासंघ नेपालको दोस्रो केन्द्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले महानगरपालिकाले बाँकी कार्यकालमा के गर्ने भनेर सबै किसिमका योजना बनाएको र फिल्म क्षेत्रलाई पनि सो योजनाअन्तर्गत प्राथमिकतामा राखेको उल्लेख गरिन् । उनले काठमाडौँ महानगरपालिकालाई चिनाउने महत्वपूर्ण माध्यम फिल्म सेक्टर भएको भन्दै महानगरले युनेस्को क्रिएटिभ सिटिज नेटवर्कमा महानगरपालिकालाई चिनाउन क्रिएटिभ सिटिज अफ फिल्म भनेर प्रपोजल पठाएको र सो प्रपोजलको नतिजा २०२४ को शुरुमा आउने र युनेस्को पदकबाट कामनपा पुरस्कृत हुने बताइन् ।
‘शुरुदेखि नै बोल्दै आएको र अहिले हामीले एउटा काम पनि गर्दैछौँ । फिल्म सेक्टर, ड्रामामार्फत होस् वा थ्रिएटरमा हेर्ने मुभीहरु हुन्, सबै पाटोलाई बलियो पाटको रुपमा लग्नुपर्छ भनेर काठमाडौँ महानगरपालिकाले युनेस्को क्रिएटिभ सिटिज नेटवर्क बनाएको छ’ उनले भनिन्, ‘विभिन्न क्रिएटिभ सेक्टरहरुमा जस्तै, खाना, आर्ट, म्युजिक यस्ता विभिन्न क्षेत्रको सात विभिन्न क्षेत्र र विधामा युनेस्को क्रिएटिभ सिटिज नेटवर्क भनेर संसारको विभिन्न शहरहरु त्यो नेटकवर्कमा बस्छन् । कसैले क्रिएटिभ सिटज अफ म्युजिक भनेर दर्ता गर्छ कसैले क्रिएटिभ सिटिज अफ ग्यास्ट्रोनोमिज भनेर खानेकुरालाई नै भनेर त्यो शहरलाई ब्राण्डिङ गरिरहेको हुन्छ भने कामनपाले हामीले अप्लाइ गरेका छौँ । यो २०२४ को शुरुसम्म त्यसको रिजल्ट आउँछ । हामी त्यो अवार्ड पाउनेछौँ ।’
उनले काठमाडौंको सुन्दरता, कलाकृति, सम्पदा र संसकृतिलाई जोगाउन फिल्म नै एउटा माध्यम रहेको बताइन् । ‘हामीले क्रिएटिभ सिटिज अफ फिल्म भनेर प्रपोज गरेका छौँ । युनेस्कोमा यो अप्लाइ गरिसकेपछि त्यो रिजल्ट आएपछि यस पटक हामीले कामनपाको ब्युटि, कलाकृति, ऋतिरिवाज, मूर्त,अमूर्त सम्पदा देखाउने माध्यम फिल्म भनेर देखाएका छौँ, डंगोलले भनिन्, ‘अबको कार्यकालमा के गर्ने भनेर योजना बनाएका छौँ । जसमा एउटा महत्वपूर्ण पाटो रंगमञ्च रहेको छ, काठमाडौंलाई झल्काउन रंगमञ्चको महत्वपूर्ण भूमिका हुन्छ ।’
उपमेयर डंगोलले काठमाडौँलाई झल्काउन रंगमञ्चको महत्वपूर्ण भुमिका हुने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण