नेपाल-भारत बीचको म्याच हेर्न सोमबार जनकपुरका विद्यालय बन्द हुने
जनकपुरधाम । एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको म्याच हेर्न भोलि २ बजेपछि जनकपुरधाम उपमहानगरपालिकाका विद्यालय बन्द हुने भएका छन् । आइतबार उपमहानगरको शिक्षा शाखा प्रमुख अन्जु पाण्डेले एक सूचना जारी गरी सोमबार दिउँसो २ बजेपछि उपमहानगरभित्रका विद्यालय बन्द हुने जानकारी दिएकी हुन् ।
सूचनामा जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण, विद्यार्थीहरूमा खेल भावना र एसिया कपमा नेपाल र भारतबीच हुने खेलले गौरब महसुस भएकोले टिमको हौसला बढाउनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको उल्लेख छ ।
औपचारिक रुपमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि योपटक नेपाललाई भारतसँग एकदिवसीय खेल खेल्ने अवसर जुरेको हो। सन् २०१४ को टी– २० विश्वकप नेपालले प्रतिस्पर्धा गरेको ठूलो प्रतियोगिता हो ।
टी–२० विश्वकप खेले पनि नेपालले एसिया कप भने खेल्न पाएको थिएन । नेपालले २०२३ को एसिया कपमार्फत् प्रतियोगितामा डेब्यू गरेको छ । केही दिनअघि पाकिस्तानसँगको म्याचमा पनि उपमहानगरपालिका विद्यालयहरुमा विदा दिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण