मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल-भारत बीचको म्याच हेर्न सोमबार जनकपुरका विद्यालय बन्द हुने

आइतबार, १७ भदौ २०८०, २३ : ०२
आइतबार, १७ भदौ २०८०

जनकपुरधाम । एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको म्याच हेर्न भोलि २ बजेपछि जनकपुरधाम उपमहानगरपालिकाका विद्यालय बन्द हुने भएका छन् । आइतबार उपमहानगरको शिक्षा शाखा प्रमुख अन्जु पाण्डेले एक सूचना जारी गरी सोमबार दिउँसो २ बजेपछि उपमहानगरभित्रका विद्यालय बन्द हुने जानकारी दिएकी हुन् ।

सूचनामा जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण, विद्यार्थीहरूमा खेल भावना र एसिया कपमा नेपाल र भारतबीच हुने खेलले गौरब महसुस भएकोले टिमको हौसला बढाउनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको उल्लेख छ । 

औपचारिक रुपमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि योपटक नेपाललाई भारतसँग एकदिवसीय खेल खेल्ने अवसर जुरेको हो।  सन् २०१४ को टी– २० विश्वकप नेपालले प्रतिस्पर्धा गरेको ठूलो प्रतियोगिता हो ।

टी–२० विश्वकप खेले पनि नेपालले एसिया कप भने खेल्न पाएको थिएन । नेपालले २०२३ को एसिया कपमार्फत् प्रतियोगितामा डेब्यू गरेको छ । केही दिनअघि पाकिस्तानसँगको म्याचमा पनि उपमहानगरपालिका विद्यालयहरुमा विदा दिइएको थियो ।

janakpur

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप