युभेन्ट्सको अपराजित यात्रा कायमै
काठमाडौँ । इटालियन सिरिए फुटबलमा युभेन्ट्सले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । युभेन्ट्सले सोमबार विहान सम्पन्न खेलमा एम्पोलीमाथि २—० गोलको सजिलो जित हासिल गर्यो । युभेन्ट्सले खेलको दुबै हाफमा एक—एक गोल गरेको थियो । खेल सुरु भएको २४ औं मिनेटमा युभेन्ट्सका लागि ड्यानिलोले पहिलो गोल गरेका थिए । निर्धारित समयको खेल सकिनुभन्दा आठ मिनेटअघि फेड्रिको चिएसाले दोस्रो गोल थपेका थिए ।
जारी सिजनको इटालियन सिरिएमा चारवटा टोली हालसम्म अपराजित छन् । युभेन्ट्स पनि त्यसैमध्ये एक हो । तीन खेल खेलेको युभेन्ट्स दुई जित र एक बराबरीको नतिजाबाट सात अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा आसिन छ ।
तालिकाको पहिलो स्थानमा आसिन इन्टर मिलानले तीन जितबाट नौ अंक जोडेको छ । इन्टर मिलानले आफ्नो पछिल्लो खेलमा फियोरेन्टिनालाई ४—० गोलको फराकिलो अन्तरले हराएको थियो ।
तीन जितबाट नौ अंक बटुलेको एसी मिलान भने तालिकाको दोस्रो स्थानमा छ । एसी मिलानले आफ्नो पछिल्लो खेलमा एएस रोमालाई २—१ गोलले पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण