शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बलिउड अभिनेता आयुष्मान वाइवाइको ब्रान्ड एम्बेसडर

मङ्गलबार, १९ भदौ २०८०, १२ : २७
मङ्गलबार, १९ भदौ २०८०

काठमाडौँ । बलिउड अभिनेता आयुष्मान खुराना नेपाली उत्पादन वाइ वाई चाउचाउको ब्रान्ड एम्बेसडर बनेका छन् । चौधरी ग्रप अन्तर्गतको सीजी फुड्सले आफ्नो उत्पादन वाइवाइ चाउचाउको व्यावसायिक दूतमा खुरानासँग साझेदारी गरेको हो ।

वाइवाइ करिब २५ वर्षदेखि लोकप्रिय छ । ‘वाइवाइ जस्तो ब्रान्डसँग जोडिन पाउँदा आफूले भाग्यमानी महसुस गरेको खुरानाले बताएका छन् । ‘यसका उत्पादनले जीवन्त र विविध दायरा समेटेको छ । हरेक स्वाद, क्षेत्र र प्राथमिकता अनुसारको विदेशी चाउचाउहरूको सजावटबाट, ब्रान्ड आफ्नो नाममा रहन्छ’ उनले भने ।

सीजी फूड्स र सीजी कर्प ग्लोबल इन्डियाका प्रबन्ध निर्देशक वरुण चौधरीले वाइवाइलाई विश्वका प्रशंसकमाझ थप रूपमा कसरी विस्तार गर्ने भन्ने बारे गम्भीर चिन्तन भइरहँदा आयुष्मानसँगको सहकार्यले सजिलो बताए । खुरानासँगको सहकार्यले ब्राण्डलाई अझै उचाइमा लैजान मद्दत पुग्ने चौधरीको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप