जनकपुरमा भूमि लोक महोत्सव हुने
जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधामलाई साङ्गीतिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउनका लागि पहिलो पटक भूमि लोक महोत्सवको आयोजना हुने भएको छ ।
आज भूमि मिडियाका संस्थापक निर्देशक रश्मि रञ्जन झाले पत्रकार सम्मेलन गर्दै आउँदो कार्तिक १७ गते शुक्रबार भूमि लोक महोत्सवको आयोजना गरिने बताएका छन् । भूमि लोक महोत्सव जनकपुरधाम स्थित तिरहुतिया गाछीमा आयोजना हुनेछ ।
साङ्गीतिक क्षेत्रमा २५ वर्षदेखि आफ्नो पृथक् पहिचान बनाएका रञ्जन झा र कार्यक्रम व्यवस्थापनमा एक दशकदेखि सक्रिय रहेकी तृष्णा सिंह भण्डारीको पहलकदमी र सक्रियतामा महोत्सवको आयोजना हुन लागेको जनाइएको छ ।
मिडियाका अध्यक्ष झाका अनुसार लोक महोत्सवमा ख्याति प्राप्त सङ्गीत साधकहरूलाई जनकपुरधाममा भेलासमेत गराइनेछ । महोत्सव अवधिभर मधेस र मिथिलाको झल्को दिने विभिन्न लोक झाँकी प्रदर्शन समेत गरिने उनले बताए ।
यस्तै महोत्सवमा विभिन्न स्टलहरूसमेत राखिने आयोजकले जनाएको छ । यस महोत्सवमा अन्तर्राष्ट्रियस्तरका साङ्गीतिक प्रस्तुति हुने संस्थापक निर्देशक झाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण