जी–२० बैठकमा पुटिन र सी नआउनेबारे के भन्छन् भारतीय विदेशमन्त्री ?
नयाँ दिल्ली । भारतमा यो हप्तादेखि सुरु हुने जी–२० शिखर सम्मेलनमा रुस र चीनका राष्ट्रपति नआउने भएपछि व्यापक चर्चा भइरहेको छ । यसबारेको प्रश्नमा भारतीय विदेशमन्त्री एस जयशंकरले जवाफ दिएका छन् ।
विदेशमन्त्री एस जयशंकरले एएनआईसँग कुराकानीमा भने, ‘मलाई लाग्छ कि जी–२० मा अलग–अलग अवसरमा यस्ता केही राष्ट्रपति वा प्रधानमन्त्री रहेका छन्, जो केही कारणले शिखर सम्मेलनमा भाग लिन पुगेनन् । तर ती देशका प्रतिनिधिले बैठकमा आफ्नो पक्ष राख्छन् । मलाई लाग्छ बैठकमा सबै जना निकै गम्भीरताका साथ सामेल हुँदैछन् ।’
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गर्दै जी–२० मा सहभागी हुने विषयमा असमर्थता जताएका थिए । रुसका विदेशमन्त्री सर्गेई लावरोभले यस बैठकमा देशको प्रतिनिधित्व गर्नेछन् । यसपछि चीनको विदेश मन्त्रालयले पनि राष्ट्रपति सी जिनपिङको स्थानमा प्रधानमन्त्री ली छ्याङले जी–२० शिखर सम्मेलनमा भाग लिने जानकारी दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण