चीनमा प्रतिबन्धको रिपोर्टपछि एप्पललाई ठुलो झट्का, २ सय बिलियन डलरले मूल्यमा गिरावट
बेइजिङ । चिनियाँ सरकारी कर्मचारीलाई आईफोन प्रयोगमा प्रतिबन्ध लगाउने रिपोर्ट सार्वजनिक भएपछि एप्पलको सेयरमा लगातार दोस्रो दिन गिरावट देखिएको छ ।
पछिल्ला दुई दिनमा कम्पनीको बजार मूल्य ६ प्रतिशतभन्दा बढी अर्थात् २ खर्ब डलर ९२०० बिलियन डलर० ले घटेको हो । चीन एप्पलको तेस्रो ठुलो बजार हो । गत वर्ष कूल आम्दानीको १८ प्रतिशत हिस्सा चीनले ओगटेको थियो ।
त्यस्तै, चीनमा नै फक्सकनबाट एप्पलका धेरै उत्पादनहरू निर्माण गरिन्छन् । बुधबार वाल स्ट्रिटमा प्रकाशित रिपोर्टमा बेइजिङले केन्द्रीय सरकारी एजेन्सीका अधिकारीहरूलाई काममा आईफोन प्रयोग नगर्न निर्देशन जारी गरेको उल्लेख गरिएको थियो ।
त्यसको भोलिपल्ट ब्लुम्बर्गले यो प्रतिबन्ध राज्यद्वारा सञ्चालित कम्पनी र एजेन्सीका कर्मचारीमा पनि लागू हुने बताएको थियो ।
१२ सेप्टेम्बरमा आईफोन १५ लञ्च हुनअघि यी रिपोर्टहरू प्रकाशित भएका हुन् । चिनियाँ सरकारले यस विषयमा आधिकारिक प्रतिक्रिया दिएको छैन । २८ खर्ब डलर (२.८ ट्रिलियन डलर) सहित एप्पल विश्वकै सबैभन्दा धेरै बजार मूल्य भएको कम्पनी हो । मूल्यमा गिरावटबारे प्रतिक्रिया माग गर्दा कम्पनीले तत्कालै कुनै जवाफ नदिएको बीबीसीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण