भित्रियो बीवाईडी डल्फिन : भिडियो क्याप्चर गरेर सामाजिक सञ्जालमा हाल्नेले १ लाख रुपैयाँ पाउने !
काठमाडौँ । विश्व प्रसिद्ध विद्युतीय कार निर्माता बीवाईडीले नेपाली बजारमा डल्फिन भित्र्याएको छ । नाडा अटो शो, २०२३ लाई लक्षित गर्दै नेपाल स्थित बीवाईडीको आधिकारिक वितरक सामेक्स बीवाईडीले ह्याचब्याक सेग्मेन्टको डल्फिन कार भित्र्याएको हो । हालसम्म गाडीको फिचर, मूल्य सार्वजनिक नगरेको कम्पनीले अटो शोमा नै डल्फिनलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।
तर, सो भन्दा अघि नै बाटोमा कतै डल्फिन देखिए फोटो खिचेर सार्वजनिक सञ्जाल, फेसबुक, ट्वीटर, इन्ट्राग्राम वा टिकटकमा राखी कम्पनीलाई जानकारी गराए १ लाख रुपैयाँ नगद जित्न सकिने बीवाईडीले बताएको छ ।
‘डल्फिन अन द रोड’ क्याम्पेनको घोषणा गरेको साइमेक्स इन्क प्रा.लि.ले यो योजना ६ देखि ११ सेप्टेम्बरसम्म जारी रहने जनाएको छ । यस अवधिभर रोडमा बीवाईडी डल्फिन भेटाई यसको भिडियो बनाएर फेसबुक इन्ट्राग्राम वा टिकटकमा सार्वजनिक गर्नुपर्नेछ । जसका लागि सर्वजनिककर्ताले कम्पनीको आधिकारिक फेसबुक, इन्ट्राग्राम वा टिकटकमा ट्याग समेत गर्नुपर्ने कम्पनीले जनाएको छ ।
यासो गर्ने ३ जना भाग्यमानी प्रयोगकर्तालाई जनही १ लाख रुपैयाँ प्रदान गरिने कम्पनीले जनाएको छ । यसको अलावा योजनामा भाग लिने सम्पूर्णलाई बीवाईडी कम्पनीले नाडा अटो शो, २०२३ को टिकट निःशुल्क उपलब्ध गराउने घोषणा समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण