मर्सिडीज–बेन्ज र बीएमडब्लूलाई पछि पार्दै पहिलो पटक बीवाईडी शीर्ष १० मा
काठमाडौं । विश्व प्रसिद्ध अटोमोबाइल ब्राण्ड बीवाईडीले पहिलो पटक मर्सिडीज–बेन्ज र बीएमडब्लूलाई पछि पार्दै शीर्ष १० मा पर्न सफल भएको छ । न्यू इनर्जी भेहिकल (एनईभी) निर्माता कम्पनीहरु मध्ये उत्कृष्ट प्रदर्शन गर्दै सन् २०२३ को पहिलो ६ महिनामा नै कम्पनीले १२ लाख ५० हजार युनिट बीवाईडी गाडी बेच्न सफल भएको हो ।
गत अगस्टमा मात्र कम्पनीले २ लाख २७ हजार ३८६ युनिट गाडी बेचेको छ । यो चौथो महिनाको लागि आफ्नो मासिक डेलिभरीको रेकर्ड तोडेको कम्पनीको दाबी छ । पछिल्लो ६ महिनामा बीवाईडी गाडीको बिक्री ९६ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।
जसबाट समीक्षा अवधिमा कम्पनीमार्फत २६०.१२ बिलियन युआन अर्थात् ३५.६६ बिलियन अमेरिकी डलर राजस्वमा योगदान पुगेको समेत कम्पनीले जनाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७२.७२ प्रतिशतले बढी रहेको कम्पनीको भनाइ छ ।
साथै अन्य अटोमोबाइल उत्पादन तथा बिक्रीमार्फत यस अवधिमा २०८.८२ बिलियन युआन राजस्व संकलन भएको कम्पनीको भनाइ छ । यो वार्षिक रूपमा औसत ९१.१ प्रतिशतको वृद्धि हो ।
बीवाईडी कम्पनीले पछिल्लो पटक व्यावसायिक उत्पादनसँगै उत्पादनमा ल्याएको नविनतम् प्रयोग र प्रविधिका कारण औद्योगिक श्रंखलामा ठुलो परिवर्तन आएको कम्पनीको दाबी छ । उसो त कम्पनीले अनुसन्धान र विकास (आर एन्ड डी) को क्षेत्रमा मात्र यस वर्ष १४.२५ बिलियन युआन लगानी गरेको छ । जुन वार्षिकगत रूपमा १२०.२ प्रतिशतले वृद्धि रहेको कम्पनीको भनाइ छ । यो लगानीले कम्पनीको नाफालाई समेत उछिनेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण