अस्ट्रेलिया पठाइदिने नाममा ९ लाख ठग्ने महिला सामाखुसीबाट पक्राउ
काठमाडौँ । अस्ट्रेलिया पठाइदिने नाममा ९ लाख रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा एक महिलालाई प्रहरीले राजधानीको सामाखुसीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर ठिमी घर भई हाल सामाखुसी बस्ने ५० वर्षीय रत्न केशरी श्रेष्ठ रहेकी छन् ।
उनले आशामाया लामालाई वैदेशिक रोजगारीको लागि अस्ट्रेलिया पठाइदिने र त्यसका लागि २० लाख लाग्ने बताएकी थिइन् । अस्ट्रेलिया पुगेपछि होटेलमा काम गरेर मासिक ३ लाख भन्दा धेरै तलब हुने भन्दै प्रलोभनमा पारेर पीडितबाट पटक पटक गरी जम्मा नौ लाख रुपैयाँ ठगेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
रकम लिएपछि श्रेष्ठ सम्पर्क भएसँगै पीडितले वैदेशिक रोजगार विभागमा उजुरी गरेकी थिइन् । विभागको पत्राचारको आधारमा कार्यालयको टोलीले शुक्रवार आरोपीलाई सामाखुसीबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण