आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

जन्मदिनमा फर्नान्डेजको निर्णायक गोल

शनिबार, २३ भदौ २०८०, ०६ : ४२
शनिबार, २३ भदौ २०८०

ब्राटिस्लाभा । म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजले आफ्नो जन्मदिनमा निर्णायक गोल गर्दा पोर्चुगलले युरो २०२४ को छनोट खेलमा स्लोभाकिलाई हराएको छ । छनोटमा पोर्चुगलको लगातार पाँचौँ जीत हो ।

शुक्रबार २९ वर्ष पुगेका फर्नान्डेजले पहिलो हाफको अन्त्यतिर बर्नार्डो सिल्भाको पासमा उत्कृष्ट गोल गरे । फर्नान्डेजले क्रिस्टियानो रोनाल्डोका लागि गोलको अवसर पनि सिर्जना गरेका थिए । तर, भेटरान फरवार्ड सो अवसरमा चुकेका थिए ।

जीतसँगै पोर्चुगल ५ खेलबाट पाँचैमा जीत हासिल गर्दै १५ अङ्कसहित समूह जेको शीर्ष स्थानमा रहेको छ । स्लोभाकिया १० अङ्कसहित दोस्रो स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप