जन्मदिनमा फर्नान्डेजको निर्णायक गोल
शनिबार, २३ भदौ २०८०, ०६ : ४२
ब्राटिस्लाभा । म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजले आफ्नो जन्मदिनमा निर्णायक गोल गर्दा पोर्चुगलले युरो २०२४ को छनोट खेलमा स्लोभाकिलाई हराएको छ । छनोटमा पोर्चुगलको लगातार पाँचौँ जीत हो ।
शुक्रबार २९ वर्ष पुगेका फर्नान्डेजले पहिलो हाफको अन्त्यतिर बर्नार्डो सिल्भाको पासमा उत्कृष्ट गोल गरे । फर्नान्डेजले क्रिस्टियानो रोनाल्डोका लागि गोलको अवसर पनि सिर्जना गरेका थिए । तर, भेटरान फरवार्ड सो अवसरमा चुकेका थिए ।
जीतसँगै पोर्चुगल ५ खेलबाट पाँचैमा जीत हासिल गर्दै १५ अङ्कसहित समूह जेको शीर्ष स्थानमा रहेको छ । स्लोभाकिया १० अङ्कसहित दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण