यामालको रेकर्डमा स्पेनको गोल वर्षा
टब्लिसी । बार्सिलोनाका लमिन यामाल स्पेनका लागि खेल्ने सबैभन्दा युवा खेलाडी र गोलकर्ता बन्दा टोलीले जर्जियामाथि शानदार जीत हासिल गरेको छ । शुक्राबार भएको युरो २०२४ को छनोट खेलमा स्पेन ७–१ गोलले विजयी बनेको हो ।
मात्र १६ वर्ष ५७ दिनका यामाल पहिलो हाफमा ड्यानी ओल्मोको स्थानमा मैदानमा प्रवेश गरेका थिए । योसँगै यामालले यसअघि गाभीले बनाएको रेकर्ड तोडेका हुन् । सन् २०२१ मा गाभीले १७ वर्ष ६२ दिनको उमेरमा स्पेनका लागि डेब्यू गरेका थिए । यामालले खेलको ७४ औँ मिनेटमा स्पेनका लागि सातौँ गोल गर्दै अर्को रेकर्ड पनि राख्न सफल भए ।
खेलमा अल्भारो मोराटाले ह्याट्रिक गरे भने सोलोमोन कभिरकभेलियाको आत्मघाती गोल तथा ओल्मो र निको विलियम्सको गोलको मद्दतले स्पेनले सहज जीत हात पार्यो ।
यो वर्ष यामालका लागि उत्कृष्ट साबित भएको छ । गत अप्रिलमा उनी बार्सिलोनाका लागि ला लिगामा खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए ।
शानदार जीतका बाबजुद स्पेन समूह ए मा दोस्रो स्थानमा सीमित छ । ३ खेलबाट ६ अङ्क बटुल्दै टोली दोस्रो स्थानमा रहेको छ । उता साइप्रासलाई हराउँदै स्कटल्याण्डले पाँच खेलमा पाँचौ जीत हासिल गरेर १५ अङ्कसहित समूहको शीर्ष स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण