हामी मिसन समाजवाद लिएर अगाडि बढेका हौँ : माधव नेपाल
विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मिसन समाजवाद लिएर आफूहरू अगाडि बढेको बताएका छन् । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा सम्बद्ध समाजवादी मोर्चाले आज विराटनगरमा आयोजना गरेको सन्देशसभामा उनले यस्तो बताएका हुन् ।
उनले सकारात्मक सन्देश दिँदै जनतामा आशा र आत्मविश्वास दिनुपर्ने बताए । दोषलाई अन्त मोडेर नहुने बताउँदै प्रधानमन्त्री प्रचण्डले चलाएका अहिलेका काम राम्रा भएको उनले बताए । नागरिकता वितरण, मिटरब्याज विरूद्दको कानुन निर्माण, सुशासनको पक्षमा भएका काम उल्लेख गर्दै उनले व्यवस्थाका अनेक त्रुटीलाई सच्याएर अगाडि बढ्न नसके जनतामा सकारात्मक उर्जा प्राप्त हुन नसक्ने बताए ।
मोर्चाले गरेका अन्य ६ वटै सभा सफल भएको बताउँदै नेपालले खुसी व्यक्त गरे । समाजवादबाटै असमानताको अन्त्य गर्ने र न्याय दिने बताउँदै उनले जिल्ला, पालिका र प्रदेशस्तरमा पनि मोर्चा बनाउने बताए । नेपालले सरकार र सदनको मोर्चामा रहेर जनताको आवाज उठाउने बताए । भ्रष्टाचारमा डुबेका, अपराधमा संलग्न रहेकाहरूलाई मोर्चाले अस्वीकार गर्नेपनि उनले बताए ।
नेपालको र विश्वकै परिस्थिति जटिल रहेको बताउँदै नेपालले यस्तो बेलामा राष्ट्रिय स्वाधिनताको रक्षा महत्त्वपूर्ण हुने बताए । मोर्चा बनेको विषयमा विभिन्न प्रश्न उठाउनेलाई जवाफ दिँदै नेपालले ७ साल, ४६ र ६२ सालमा पनि मोर्चा बनाएरै आन्दोलन गरेको नबिर्सन सुझाव दिए ।
दलाल पूँजीवाद नेपाली राजनीति र अर्थतन्त्रमा पर्ने होकि भनेर लडाइ सुरू गर्नुपर्ने नेपालले बताए । उनले सरकार जोगाउनका लागि मोर्चा निर्माण नभएको बताउँदै गठबन्धन सरकारले भने राम्रो काम गरिरहेको बताए । मोर्चा बनेपछि कतिपयले चिटचिट पसिना काडेर हिँडिरहेको बताउँदै अध्यक्ष नेपालले आफूहरू एकता र मेलमिलापको पक्षमा रहेको र समाजवादमा जानका लागि मोर्चा बनाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण