आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेम सम्बन्ध लामो समयसम्म चल्छ कि चल्दैन भनेर थाहा पाउने सङ्केत

बिहीबार, २८ भदौ २०८०, १४ : ३७
बिहीबार, २८ भदौ २०८०

अक्सर मानिसहरू सजिलै प्रेममा पर्छन् तर बिहेको निर्णय गर्न भने केहि समय लिन्छन् । मानिसहरूलाई लाग्छ कि हतारमा सम्बन्धमा निर्णय लिँदा समस्या हुन सक्छ । भविष्यमा सम्बन्धलाई बलियो बनाउनुको सट्टा टुट्नु हुँदैन भन्ने धेरैको धारणा हुन्छ । पछि गएर सम्बन्ध टुट्नुको साटो थप बलियो होस् भनेर पनि विवाहबारे धेरैजसो मानिसले पछि नै सोच्छन् । कसैसँग प्रेममा पर्दा त्यो प्रेमिल होस्, दिगो र बलियो होस् भन्ने चाहना सबैको हुन्छ । जीवनभरि यसमा प्रेम र खुसी, आपसी समझदारी, एक–अर्काका लागि इज्जत रहोस् भन्ने पनि चाहन्छन् । आखिर यस्तो खालको सम्बन्धको पहिचान कसरी गर्ने ? यदि तपाईं कसैलाई प्रेम गर्नुहुन्छ वा कसैसँग सम्बन्ध गाँसिएको छ भने ती व्यक्तिसँग तपाईंको सम्बन्ध दिगो हुन्छ कि हुँदैन भनेर कसरी थाहा पाउने ? आज हामी तपाईंलाई यस्तै केही सङ्केतबारे जानकारी दिँदै छौँ । 

यी साकेतहरूद्वारा तपाईंको सम्बन्ध दीर्घकालीन हुन्छ कि हुँदैन भनेर पहिचान गर्नुहोस्

१. रिलेशनशिप कोच जीविका शर्माका अनुसार यदि दुवै पार्टनर रिलेशनशिपको सुरुदेखि नै एक अर्काप्रति इमानदार छन् भने बुझ्नुहोस् कि तपाईको सम्बन्ध साँचो र बलियो छ । तपाईंहरू दुवैलाई आफ्नो सम्बन्धबाट कस्तो खालको अपेक्षा गर्ने भन्नेबारे थाहा छ । दुई व्यक्ति एक अर्काको साथ चाहन्छन् र सम्बन्धको बारेमा आफ्नो इच्छाबारे कुरा गरिरहन्छन् भने यस्तो सम्बन्ध कहिल्यै टुट्दैन ।

२. दुई व्यक्तिले आफ्नो सम्बन्धबारे खुलेर कुरा गर्छन्, केही पनि लुकाउँदैनन् भने बुझ्नुहोस्, यस्तो सम्बन्ध लामो समयसम्म टिक्ने खालको हो । दुई व्यक्तिबीच साँचो प्रेम, बलियो सम्बन्ध छ भने तेस्रो व्यक्ति जोसुकै आए पनि सम्बन्ध कमजोर हुँदैन । यस्तो अवस्था छ भने आफ्नो सम्बन्धलाई अघि बढाउने बारे सोच्दा तपाईंको केही गल्ती हुँदैन । 

३. कुनै पार्टनरले एक अर्कालाई निजी वा सार्वजनिक स्थल दुबैमा असाध्यै इज्जत दिन्छन्  भने यस्ता सम्बन्ध बलियो हुन्छ र यो जीवनभरि चल्ने सम्भावना बढी हुन्छ । पार्टनरले हरेक परिस्थितिमा एक–अर्कालाई साथ दिन्छन् भने यस्तो सम्बन्ध विवाहमा परिणत हुने सम्भावना बढी रहन्छ । 

४. सम्बन्धमा भएका दुई व्यक्तिको परिवारलाई एक–अर्काबारे थाहा छ र सम्बन्ध स्वीकार्य छ भने यो जोडीलाई विवाह बन्धनमा बाँधिन कसैले पनि रोक्न सक्दैन । एउटा यस्तो सम्बन्ध जसमा दुवै परिवारका सदस्य खुसी छन् भने त्यो सम्बन्ध लामो समयसम्म चल्छ । तपाईंको परिवार पनि तपाईंको सम्बन्धमा खुसी छ भने विवाहको कुरा अघि बढाउन सक्नुहुन्छ । परिवारको स्वीकृति हुँदा सम्बन्ध थप बलियो हुन्छ ।

५. यदि तपाईंलाई लाग्छ भने तपाईंहरु दुवै एक–अर्कालाई साह्रै विश्वास गर्नुहुन्छ, कुनै कुरामा असुरक्षाको भावना छैन भने सम्बन्ध लामो समयसम्म चल्छ र विवाहको बन्धनमा बाँधिएपछि पनि कुनै झगडा, बहस बिना जीवनयापन गर्नेछन् ।

६. एक अर्कासँग संवाद राम्रो छ र आफ्नो मनमा लागेका सबै शङ्का र गलत बुझाई हटाउनुहुन्छ भने तपाईंहरु बीचको बन्धन स्वस्थ र बलियो हुन्छ भनेर बुझ्नुहोस् । यस्तो सम्बन्ध लामो समयसम्म टिक्छ र विवाहमा परिणत हुने सम्भावना बढी हुन्छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप