एसीसी यू—१९ प्रिमियर कप खेल्ने प्रारम्भिक टोलीको घोषणा
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले एसियाली क्रिकेट काउन्सिल (एसीसी) यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगिता बन्द प्रशिक्षणका लागि नेपाली टोलीको घोषणा गरेको छ । क्यानले बिहीबार बन्द प्रशिक्षणका लागि २४ सदस्यीय टोलीको घोषणा गरेको हो ।
घोषित टोलीमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्ब्रे, दिपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल, सुवास भण्डारी, विशाल केसी र मिलन बोहरा रहेका छन् ।
यसैगरी बन्द प्रशिक्षणका लागि घोषित टोलीमा प्रज्ज्वल थापा, तुलबहादुर थापा, निर्मल गुरुङ, राजेश यादब, विपिन रावल, युनिससिंह ठकुरी, अशोक पौडेल, अविनाष तिवारी, नरेश भट्ट र निरज यादबले पनि स्थान पाएका छन् ।
एसीसी यू—१९ प्रिमियर कप आगामी अक्टोबर १२ देखी २४ तारिखसम्म मलेसियामा आयोजना हुँदै छ । उक्त प्रतियोगितामा १६ वटा टोलीको सहभागिता रहने छ । प्रतियोगिताका उत्कृष्ट तीनवटा टोलीले आगामी डिसेम्बरमा आयोजना हुने यू—१९ एसिया कपमा सहभागिता जनाउने अवसर पाउनेछन् ।
नेपाल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । उक्त समूहमा नेपालसँगै बहराइन, इरान र साउदी अरेबिया रहेका छन् । समूह ‘बी’ मा चीन, ओमान, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । समूह ‘सी’ मा कुवेत, मालदिभ्स, सिंगापुर र थाइल्यान्ड रहेका छन् । समूह ‘डी’ मा हङ्कङ, मलेसिया, जापान र इन्डोनेसिया रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण