सुन तस्करी प्रकरणबारे उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढ्योः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अवैध सुन तस्करीको सम्बन्धमा पूर्वसहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढेको बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अवैध सुन तस्करीको सम्बन्धमा सिआईबीले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको बताउँदै यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढेको समेत जानकारी गराए ।
उनले शीर्ष राजनीतिक दलहरुबीच यसअघि असोज ५ गतेबाट सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग बनाउने सहमति भएको थियो ।
उनले भने, ‘अवैध सुन तस्करीको सम्बन्धमा सिआईबीले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको छ । यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढेको समेत यस सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु ।’
प्रधानमन्त्री दाहालले नेपाली काँग्रेसका नेता महेन्द्र यादवमाथि भएको सांघातिक खुकुरी प्रहारलाई सरकारले गम्भीर रुपमा लिएको बताए । उनले आक्रमणकारीलाई प्रचलित कानून बमोजिम कारबाही प्रक्रिया अघि बढेकोसमेत जानकारी गराए ।
उनले भने, ‘यसैगरी नेपाली काँग्रेसका नेता महेन्द्र यादवमाथि भएको सांघातिक खुकुरी प्रहारलाई सरकारले गम्भीर रुपमा लिएको छ । आक्रमणकारीलाई प्रचलित कानून बमोजिम कारबाही प्रक्रिया अघि बढेको जानकारी गराउँछु । यस प्रकारका आक्रमणका घटना दोहोरिन नदिन र शान्ति सुव्यवस्था मिलाउन सरकार दृढ र प्रतिवद्ध छ ।’
प्रधानमन्त्री दाहालले कान्ति बाल अस्पतालमा भदौ १८ गते बेलुकी उपचारका लागि भर्ना भएकी मकवानपुर स्थायी ठेगाना भइ हाल कामनपाको बाफल बस्ने पाँच वर्षीय बालिका रेजिशा गोपालीको आकस्मिकमा उपचारका क्रममा मृत्यु भएको सम्बन्धमा पनि सदनलाई जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण