याओ पुचेङ्गले बयानमा खुलाए विमानस्थल भन्सारबाट सुन बाहिर निकाल्ने प्रक्रिया
काठमाडौँ । सुन तस्करी प्रकरणमा मुख्य योजनाकारमध्येका एक मानिएका ‘एलेक्स’ भनिने चिनियाँ नागरिक याओ पुचेङ्गले सन् २०२३ को मार्च महिनादेखि हङकङबाट नेपालमा सुन तस्करी गर्न थालेको बताएका छन् ।
अधिकार प्राप्त अधिकारीसमक्ष दिएको बयानमा उनले आफूसमेत संलग्न भई सन् २०२३ को मार्च महिनादेखि ब्रेक प्याड लगायत विभिन्न मालबस्तुमा सुन लुकाएर ल्याउन थालेको जनाएका छन् ।
‘नेपालमा अवैध सुन पैठारी गर्न विभिन्न समूहमा मानिसहरुलाई जिम्मेवारी तोकी काम बाँडफाँट गरी सुन अवैध पैठारी गरी सुन ल्याई पगाली सुनको कारोबार समेत गर्ने गरेका थियौँ,’ बयानमा उनले भनेका छन् ।
पुचेङ्गका अनुसार यसरी ल्याइएको सुन काठमाडौँको टोखामा पगालेर बेचबिखन गर्न उनीसहित अली भनिने वेन सुङ, रोजर तथा स्टेप्स भन्ने लि नेङ्गकाइ र डिङ्ग शेग फा सहितको टोली सक्रिय थियो ।
चीनमै बसेर काम गर्दै आएका चोङ चिङ छह्वाङको निर्देशनमा लिन चछ्याङ, चोङ चेनह्वा, पिङ, ह्वा र किङ्ग भन्ने फङ लिङ फोङ समेतले सुन पगाल्ने र बेच्ने काम गर्दै आएको बयानमा उनले खुलाएका छन् ।
‘मैले भने अनुसार टाँसी भन्ने थुप्तिन छिरिङले विभिन्न नेपाली नागरिक खोजेर ल्याई हर्क राज राईलाई कम्पनी दर्ता गर्ने प्रक्रिया पूरा गर्न लगाई विभिन्न ७ वटा कम्पनीहरु दर्ता गरेका थिए तर मलाई कम्पनीहरुको नाम नेपाली भएको कारण याद हुँदैन,’ बयानमा पुचेङ्गले भनेका छन्, ‘सात वटा कम्पनी दर्ता भएको छ भन्ने मलाई थाहा छ ।’
हेनरी तथा ज्याकी च्यान, श्याम लगायत उपनाम भएका चिनियाँ नागरिक चोङ चिङ छह्वाङले आफूलाई पैठारी भई आउने सामानको बिल, इन्भ्वाइस लगायतका कागजात पठाउने गरेको र आफूले उक्त मालबस्तुको विवरणसहितको कागज टाँसेर थुप्तिन छिरिङलाई पठाउने गरेको पनि उनले बयानमा खुलाएका छन् ।
थुप्तिन छिरीङ तथा हर्कराज राई मार्फत त्रिवि भन्सार कार्यालयबाट मालबस्तु छुटाई गोदाममा पु¥याएर आफूले बुझाउने गरेको तथा कुनै मालबस्तु सिधै कार्गो एजेण्टहरुले गोदामसम्म ल्याई हर्कराज राईले गोदाममा सामान बुझी राखिदिने गरेको पनि उनले खुलाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण