बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व श्रीमान् आमिरसँगको सम्बन्धबारे बोलिन् किरण राव : सम्बन्धले कहिल्यै समस्या दिएन

शुक्रबार, २९ भदौ २०८०, १५ : ४६
शुक्रबार, २९ भदौ २०८०

फिल्म निर्माता किरण रावले हालै आफ्ना पूर्व श्रीमान् आमिर खानसँगको आफ्नो सम्बन्धबारे कुराकानी गरेकी छिन् । आमिरसँग आफ्नो सम्बन्ध अहिले पनि निकै राम्रो भएको उनले जानकारी दिएकी छिन् । यस्तै, सम्बन्धविच्छेदपछि उनको परिवार र आमिरले सधैँ उनलाई समर्थन गरेको पनि बताएकी छिन् । 

किरण हालै आफ्नो फिल्म ‘लापता लेडिज’ मार्फत वर्षौँपछि फिल्मी दुनियाँमा फर्किएकी छिन् । यस्तै हालै उनको फिल्मको प्रिमियर टोरन्टो इन्टरनेशनल फिल्म फेस्टिभलमा भएको थियो । यो फिल्मलाई अर्को वर्ष सिनेमा घरमा रिलिज गरिनेछ । 

लापता लेडिजमार्फत् किरण रावको कमब्याक

हालै फिल्म कम्पेनियनलाई दिएको अन्तर्वार्तामा किरणले भनिन्, ‘यो फिल्म आमिर खान बिना बन्न असम्भव थियो । उनले नै स्क्रिप्ट खोजे र यसलाई निर्माण गर्ने जिम्मा लिए । यो उनको तर्फबाट ठुलो सहयोग हो । उनीबिना हामी यो फिल्म बनाउन सक्दैनथ्यौँ । उनले यो स्क्रिप्ट पाएपछि उनले मलाई यो फिल्मको निर्देशनको प्रस्ताव दिए । यो साँच्चै नै मेरा लागि उत्कृष्ट अवसर रह्यो ।’

aamir_kiran1सम्बन्धले कहिल्यै मलाई पीडा दिएन 

किरणले थपिन्, ‘हामीले फिल्ममा धेरै विषय उठान गरेका छौँ । म भाग्यमानी छु किनभने मेरो सम्बन्धले कहिल्यै पनि मलाई पीडा दिएन । मेरो जीवनमा धेरै प्रेमिल सम्बन्ध रहे र आज पनि छ ।’

विवाहपछि बाँधिएर नै बस्नुपर्छ भन्ने छैन

आफ्नो फिल्म लापता लेडिजबारे कुरा गर्दै किरणले भने, ‘फिल्ममार्फत हामीले यो देखाउने कोसिस गरेका छौँ कि विवाह बन्धनमा बाँधिएपछि पनि तपाईं स्वतन्त्र भएर बाँच्न पाउनुहुन्छ । विवाह पछि पनि तपाईं आफूलाई खोज्न सक्नुहुन्छ । तपाईं साँच्चै त्यो कुरा हासिल गर्न सक्नुहुन्छ जसका लागि तपाईं योग्य हुनुहुन्छ । यो म आफैँले पनि महसुस गरेकी छु ।’

aamir_kiran2मेरो पूर्व श्रीमान् सँग अहिले पनि असाध्यै राम्रो सम्बन्ध छ

आमिरबारे कुरा गर्दै किरणले भनिन्, ‘मेरो निर्माता र मेरो पूर्व श्रीमानसँग अहिले पनि मेरो असाध्यै राम्रो सम्बन्ध छ । मलाई मेरो परिवार आमिर दुवैले सधैँ साथ सहयोग दिएका छन् । समाज र सम्बन्ध दुवै हामी सबैका लागि निकै जरुरी छ ।’

सन् २०२१ मा भएको थियो आमिर–किरणको सम्बन्धविच्छेद

स्मरण रहोस्, आमिर र किरणले सन् २००५ मा विवाह गरेका थिए । केही वर्षपछि सरोगेसीमार्फत् यी दुई एक छोराका आमाबुवा बने । करिब १५ वर्षको विवाहपछि सन् २०२१ मा आमिर र किरणले सम्बन्धविच्छेद गर्ने निर्णय गरे । यो कुराको जानकारी उनीहरुले सोसल मिडियामार्फत दिए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप