एमबाप्पेको दुई गोलका बावजुद हार्यो पीएसजी
शनिबार, ३० भदौ २०८०, ०६ : ५७

पेरिस । किलियान एमबाप्पेको दुई गोलका बावजुद पेरिस सेन्ट जर्मेन नयाँ प्रशिक्षक लुइस एनरिकेको नेतृत्वमा पहिलो हार बेहोर्न बाध्य बनेको छ । टोली निससँग २–३ गाेलले पराजित भएको हो ।
तेरेम मोफीले निसलाई २१ औँ मिनेटमा अग्रता दिलाएका थिए तर एम्बाप्पेले ८ मिनेटपछि नै खेल बराबरीमा ल्याए । गेटान लेबोर्डेले दोस्रो हाफमा पाहुना टोलीलाई पुन: अग्रतामा फर्काए भने नाइजेरियाका मोफीले १८ यार्डबाट गोल गर्दै अग्रता दोब्बर बनाए ।
एमबाप्पेले खेलको अन्त्यतिर एक गोल फर्काए पनि बराबरी गर्नका लागि धेरै ढिला भइसकेको थियो । टोलीमा फर्किएपछि यो सिजन चार खेलमा फ्रान्सेली कप्तानको सातौँ गोल थियो ।
३४ वर्षीय इटालियन फ्रान्सेस्को फारियोलीले व्यवस्थापन गरेको निस तालिकामा पीएसजीलाई उछिन्दै मोनाको पछि दोस्रो स्थानमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुनेमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, तीन जना घाइते
-
सर्लाहीमा भारतीय नागरिकबाट नक्कली नोट बरामद
-
महाधिवेशनको चटारोमा युवा संघ र अनेरास्ववियु, ओलीको ‘ग्रीन सिग्नल’ पर्खिंदै आकाङ्क्षी
-
भारतीय आक्रमणमा मृत्यु हुनेको संख्या ३१ पुग्यो : पाकिस्तान
-
‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ रेडक्रस दिवस मनाइँदै
-
मन्त्रिपरिषद् बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?