एमबाप्पेको दुई गोलका बावजुद हार्यो पीएसजी
शनिबार, ३० भदौ २०८०, ०६ : ५७
पेरिस । किलियान एमबाप्पेको दुई गोलका बावजुद पेरिस सेन्ट जर्मेन नयाँ प्रशिक्षक लुइस एनरिकेको नेतृत्वमा पहिलो हार बेहोर्न बाध्य बनेको छ । टोली निससँग २–३ गाेलले पराजित भएको हो ।
तेरेम मोफीले निसलाई २१ औँ मिनेटमा अग्रता दिलाएका थिए तर एम्बाप्पेले ८ मिनेटपछि नै खेल बराबरीमा ल्याए । गेटान लेबोर्डेले दोस्रो हाफमा पाहुना टोलीलाई पुन: अग्रतामा फर्काए भने नाइजेरियाका मोफीले १८ यार्डबाट गोल गर्दै अग्रता दोब्बर बनाए ।
एमबाप्पेले खेलको अन्त्यतिर एक गोल फर्काए पनि बराबरी गर्नका लागि धेरै ढिला भइसकेको थियो । टोलीमा फर्किएपछि यो सिजन चार खेलमा फ्रान्सेली कप्तानको सातौँ गोल थियो ।
३४ वर्षीय इटालियन फ्रान्सेस्को फारियोलीले व्यवस्थापन गरेको निस तालिकामा पीएसजीलाई उछिन्दै मोनाको पछि दोस्रो स्थानमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण