दयाहाङ र आँचलको ‘डिग्री माइला’ मुहूर्त, छायाङ्कन शुक्रबारबाट
काठमाडौँ । रामबाबु गुरुङको निर्देशन रहने फिल्म फिल्म ‘डिग्री माइला ः एमए थर्ड क्लास’को शुभ–मुहूर्त गरिएको छ । शनिबार कलाकार तथा प्राबिधिकको उपस्थितीमा नक्साल भगवती मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो ।
मुहूर्त दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङलगायत कलाकारको उपस्थित थिए । अगामी शुक्रबार अर्थात (५असोज)बाट ओखलढुङ्गादेखि फिल्मको छायाङ्कन हुनेछ ।
मण्डला थिएटरमा २०७१ मा तीन पटकसम्म मञ्चन भएको ‘डिग्री माइला’ नाटकको थिमबाट निर्माण हुन लागेको फिल्ममा दयाहाङ राई केन्द्रीय भूमिका छन् । शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको निराशामा आधारित भएर फिल्म बन्नेछ । नाटक पनि यही विषयमा केन्द्रित थियो ।
फिल्मको प्रदर्शन मिति भने नयाँ वर्ष (२०८१) बताइएको छ । बासुरी फिल्मस् प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्म दयाहाङ र आँचलबीच पहिलो पटक सहकार्य हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण