चिकित्सकको प्रश्न : उपचारको लागि औजार बोक्ने कि सुरक्षाका लागि हतियार ?
मकवानपुर । हेटौँडामा डाक्टरमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरूले शनिबार बिहान बागमती प्रदेशसभा भवन अगाडि विरोध प्रदर्शन गरेका छन् । प्लेकार्ड बोकेर जम्मा भएका चिकित्सकहरूले सुरक्षा माग गर्दै घटनाका दोषीमाथि कडा कारबाहीको माग गरेका हुन् ।
विरोध प्रदर्शनमा पुगेका चिकित्सकहरूले अब त अति भो, स्वदेशमा उपचार सेवा गर्नुभन्दा खाडी बेस हो ?, उपचारका लागि औजार बोक्ने कि सुरक्षाका लागि हतियार, सुरक्षा नपाएसम्म सेवा नदिनेजस्ता प्लेकार्ड बोकेका थिए ।
गत भदौ २७ गते डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तले अस्पतालमा नै साङ्घातिक आक्रमण गरी घाइते बनाएका थिए । जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार डाक्टर कुटपिट घटनामा संलग्न चार जनालाई ३ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । पक्राउ पर्नेमा पदमपोखरीका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधान रहेका छन् ।
_eSEMyzptLt.jpg)
_A0rj0TaVNr.jpg)
_20Y6tKDe2s.jpg)
_NhN6wObsgx.jpg)
_gMwIzchdxc.jpg)
_xCZw5n2Rcx.jpg)
_nDJe26lvzs.jpg)
_4cKWiMZt7Q.jpg)
_l1pcxqAFrk.jpg)
_YwYLKtikZz.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण