सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
तस्करसँगको बयान

सुनको कोड भाषा ‘माछा’ !

पूर्वमहानिर्देशक झलकराम अधिकारीसँगको सम्बन्धबारे के भन्छन् दावा ?
शनिबार, ३० भदौ २०८०, १६ : ३१
शनिबार, ३० भदौ २०८०

काठमाडौँ । अध्यागमन विभागका पूर्व महानिर्देशक झलकराम अधिकारीसँगको सम्बन्धका विषयमा दावाले सामान्य कुराकानी र लिलामीका सम्बन्धमा कुरा भएको बयान दिएका छन् । झलकरामसँग राजश्व अनुसन्धान विभागको महानिर्देशक हुँदा चिनजान भएको र केरुङ भन्सारबाट रक्सी, चुरोट लगायतका सामान लिलामी गर्ने विषयमा कुराकानी भएको बयान दिएका छन् । 

पछिल्लो समय अध्यागमन विभागमा महानिर्देशक रहेका झलकराम अधिकारीले दावालाई पठाएको पानी तान्ने पम्पको फोटो झलकराम अधिकारीको गाउँलेलाई पानी तान्ने पम्प चाहिएकाले चीनबाट कसैले ल्याइदिन सक्छ कि भनेर फोटो पठाएको बयान दिएका छन् । 

यस्तो छ झलकराम अधिकारी र दावाबीचको कुराकानी र फोटो पठाएको सम्बन्धमा दावाको सवालजवाफ :

सवाल : तपाईंंको मोबाइल फोनसेटमा लगइन रहेको वीच्याट प्रयोगकर्ता तपाईं MJames-wxid_tccqmxrvhfpw12_ ले वीच्याट प्रयोगकर्ता :Jhalak ram Adhikari-wxid_hlosd6zlg24422_ लाई 'Very big amount cash, I know very well, Need talk with u, I have some work need talk with U'  भनी म्यासेज पठाएको र व्जबबिप Jhalak ram Adhikari-wxid_hlosd6zlg24422  ले तपाईंंलाई पानी तान्ने वाटर पम्पजस्तो फोटोहरू पठाएको म्यासेजमा देखिन्छ । के कुन प्रयोजनको लागि तपाईं र Jhalak ram Adhikari-wxid_hlosd6zlg24422_  बीच सो म्यासेजहरू आदान प्रदान भएको हो ? खुलाउनुहोस् ।

जवाफ : केरुङ भन्सारबाट चाइनिज रक्सी, चुरोट लिलाम गर्दैछ भनी थाहा पाई सो लिलामीको विषयमा कुरा गर्नको लागि वीच्याट प्रयोगकर्ता :Jhalak ram Adhikari-wxid_hlosd6zlg24422_, राजस्व अनुसन्धान विभागका तत्कालीन कार्यालय प्रमुख झलकराम अधिकारीलाई मैले वीच्याटमा म्यासेज गरेको हुँ । निज झलकराम अधिकारीले निजको गाउँको मान्छेलाई पानी तान्ने वाटरपम्प आयात गर्नु पर्ने भएको हुँदा चीनबाट पानी तान्ने वाटरपम्प आयात गर्ने कोही चिनेको मानिस छ कि भनेर मलाई सो फोटो पठाएका हुन् । 

सुनको कोड भाषा ‘माछा’ !  

तस्कर समूहले तस्करी गरी ल्याउने सुनलाई माछा भन्ने गरेको समेत खुलेको छ । पक्राउ परेका आरोपित दावा छिरिङको मोबाइलको परीक्षण गर्दा फेला परेको एक अडियोमा ‘माछा काठमाडौँसम्म पुराएको कति दिन्छ त?’ भनी सोधेको पाइएको छ । त्यसको जवाफ के दिए भनेर परीक्षणमा फेला परेको छैन । 

प्रहरीले दावासँग बयान लिँदा माछा भनेको के हो भनी सोधेको थियो । त्यसको जवाफमा दावाले माछा भनेको ‘सी फूड’ हो भन्ने रमाइलो जवाफ दिएका छन् । 

यस्तो छ सवालजवाफ :

सवाल : तपाईंको मोबाइल परीक्षणको क्रममा प्राप्त भएको Audio 170.aud.silk मा भएको अडियो कुराकानी सुनाई सोधनी गरिन्छ की ‘दाइ यो माछा काठमाडौँसम्म पु¥याएको कति दिन्छ त ?’ भनी तपाईंलाई कसले सोधेको हो ? माछा भनेको के हो ? खुलाउनुहोस् ।

जवाफ : माछा भनेको सी फूड हो । कोही कसले मलाई सोधेको हो । हाल मलाई थाहा भएन ।

दावाको मोबाइल परीक्षणका क्रममा विभिन्न यस्ता शङ्कास्पद अडियो र कुराकानी भेटिएको पाइएको छ जसले सुन तस्करीमा दावाको संलग्नता र तस्कर समूहसँग दावाको निरन्तर कुराकानी भइरहेको पाइएको छ । 

दावाको मोबाइलमा भेटिएको एक अडियोमा एअरपोर्टमा दुईवटा एक्सरे मेसिनमा एक्सरे हुने रहेछ भनी कुराकानी भएको पाइएको छ र कुन फ्लाइटबाट सामान आउँदै हो, त्यसको डिटेल्स चाहियो भनी कसैले सोधेको भेटिएको छ । 

अनुसन्धानका क्रममा प्रहरीले त्यो कुराकानी को सँग कुन प्रयोजनमा भएको हो भनी सोध्दा दावाले कोभिडको औषधी चीनमा पठाउने विषयमा कुराकानी भएको अचम्मको बयान दिएका छन् । 

यस्तो छ सवालजवाफ :

सवाल : तपाईंको मोबाइल परीक्षणको क्रममा प्राप्त भएको Audio 1031.aud.1 मा भएको अडियो कुराकानी सुनाई सोधनी गरिन्छ की ‘दाइ २ वटा एक्सरे मेसिनमा चेकिङ हुँदो रहेछ के । ऐले चाहियो रे के कुन फ्लाइट हो ? कहाँ जानु पर्‍यो ? सबै डिटेल्स पठाउनु ।’ भनी भएको कुराकानी को–को बीच के कुन प्रयोजनको लागि भएको कुराकानी हो ? खुलाउनुहोस् ।

जवाफ : कोभिडको औषधी चाइनामा पठाउने विषयमा कुराकानी भएको हो  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप