घरेलु मैदानमै हार्यो युनाइटेड
ओल्ड ट्राफोड । म्यानचेस्टर युनाइेटले ब्राइटनसँग घरेलु मैदानमै लज्जास्पद हार बेहोरेको छ । यो सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको ब्राइटनले युनाइटेडलाई ३–१ गोलले हराएको हो ।
पहिलो हाफको २० औँ मिनेटमा नै ब्राइटनले ड्यानी वेल ब्याकको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफमा पास्कल ग्रोस र सब्सटिट्युट जोआओ पेड्रोले गोल गर्दै ब्राइटनले अग्रता फराकिलो बनाए ।
ह्यानिबल मजेब्रीले युनाइटेडका लागि पहिलो गोल गर्दै केही आशा दिलाए पनि उनको गोल सान्त्वना मात्र बन्न पुग्यो । पराजयपछि युनाइटेडका समर्थकहरू म्यानेजर एरिक टेन हागमाथि खनिएका थिए ।
टेन हागको टोलीले पछिल्ला ४ खेलमा १० गोल खाएको छ । युनाइटेडले लगातार ४ लिग खेलमा एकभन्दा बढी गोल खाएको सन् १९७९ पछि पहिलोपटक हो ।
पराजयसँगै युनाइटेड लिगको १२ औँ स्थानमा खस्किएको छ । ५ खेलबाट युनाइटेडको मात्र ६ अंक रहेको छ । उता ब्राइटन भने पाँच खेलमा चौथो जीत हासिल गर्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण