आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

डर्टमण्डलाई हराउँदै ग्रुप अफ डेथमा पीएसजीको विजयी सुरुवात

बुधबार, ०३ असोज २०८०, ०९ : ३८
बुधबार, ०३ असोज २०८०

पेरिस । जर्मन क्लब बोरुसिया डर्टमण्डलाई हराउँदै फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेनले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ । मंगलबार राति पीएसजी २–० गोलले विजयी बनेको हो ।

स्टार खेलाडी किलियान एम्बाप्पेले दोस्रो हाफको सुरुवातमा पीएसजीलाई अग्रता दिलाएका थिए । निकलास सुलेले ह्याण्ड बल गरेपछि ४९ औँ मिनेटमा पीएसजीले पेनाल्टी पाएको थियो । जसलाई उनले सजिलै गोलमा परिणत गरे । ५८ औँ मिनेटमा मोरोक्कन डिफेन्डर अचरफ हाकिमीले टोलीको अग्रता दोब्बर बनाए ।

यो सिजन ग्रुप अफ डेथ मानिएको समूह एफमा दुई टोलीसँगै एसी मिलान र न्युक्यासल पनि रहेका छन् । मिलान र न्युक्यासलले भने आफ्नो पहिलो खेलमा गोलरहित बराबरी खेले ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप