डर्टमण्डलाई हराउँदै ग्रुप अफ डेथमा पीएसजीको विजयी सुरुवात
बुधबार, ०३ असोज २०८०, ०९ : ३८
पेरिस । जर्मन क्लब बोरुसिया डर्टमण्डलाई हराउँदै फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेनले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ । मंगलबार राति पीएसजी २–० गोलले विजयी बनेको हो ।
स्टार खेलाडी किलियान एम्बाप्पेले दोस्रो हाफको सुरुवातमा पीएसजीलाई अग्रता दिलाएका थिए । निकलास सुलेले ह्याण्ड बल गरेपछि ४९ औँ मिनेटमा पीएसजीले पेनाल्टी पाएको थियो । जसलाई उनले सजिलै गोलमा परिणत गरे । ५८ औँ मिनेटमा मोरोक्कन डिफेन्डर अचरफ हाकिमीले टोलीको अग्रता दोब्बर बनाए ।
यो सिजन ग्रुप अफ डेथ मानिएको समूह एफमा दुई टोलीसँगै एसी मिलान र न्युक्यासल पनि रहेका छन् । मिलान र न्युक्यासलले भने आफ्नो पहिलो खेलमा गोलरहित बराबरी खेले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण