शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशतमा सीमित रहने एडीबीको प्रक्षेपण

बुधबार, ०३ असोज २०८०, १४ : १८
बुधबार, ०३ असोज २०८०

काठमाडौँ । सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशतमा सीमित रहने एसियाली विकास बैंक (एडीबी) ले प्रक्षेपण गरेको छ  । बुधवार एक रिपोर्ट सार्वजनिक गर्दै एडीबीले यस्तो प्रक्षेपण गरेको हो । 

जबकि सरकारले यो वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ । 

बुधवार ‘एसियन डेभलपमेन्ट आउट लुक २०२३’ रिपोर्ट सार्वजनिक गर्दै एडीबीले कोभिड महामारीपछि लगातार २ वर्ष बलियो आर्थिक वृद्धि हासिल गरे पनि गत आर्थिक वर्षमा वृद्धिदर अपेक्षित भन्दा बढी नै घटेको उल्लेख गरेको छ । 

गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर १.९ प्रतिशतमा सीमित भए पनि यस वर्ष भने नेपालको आर्थिक वृद्धिदर विस्तार हुँदै ४.३ प्रतिशत  पुग्ने एडीबीले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । 

यस्तै, चालु आर्थिक वर्षमा नेपालको मुद्रास्फीति (उपभोग्य बजार महंगी) समेत घटेर ६.२ प्रतिशत हाराहारीमा सीमित हुने एडीबीको प्रक्षेपण छ । गत वर्ष यस्तो मुद्रास्फीति ७.७ प्रतिशत पुगेको एडीबीको रिपोर्टमा उल्लेख छ ।

केन्द्रीय बैंकले नीतिगत दर घटाएका कारण ब्याजदर कम हुने र आर्थिक गतिविधिले गति लिने एडीबीको अनुमान छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप