नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशतमा सीमित रहने एडीबीको प्रक्षेपण
काठमाडौँ । सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशतमा सीमित रहने एसियाली विकास बैंक (एडीबी) ले प्रक्षेपण गरेको छ । बुधवार एक रिपोर्ट सार्वजनिक गर्दै एडीबीले यस्तो प्रक्षेपण गरेको हो ।
जबकि सरकारले यो वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ ।
बुधवार ‘एसियन डेभलपमेन्ट आउट लुक २०२३’ रिपोर्ट सार्वजनिक गर्दै एडीबीले कोभिड महामारीपछि लगातार २ वर्ष बलियो आर्थिक वृद्धि हासिल गरे पनि गत आर्थिक वर्षमा वृद्धिदर अपेक्षित भन्दा बढी नै घटेको उल्लेख गरेको छ ।
गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर १.९ प्रतिशतमा सीमित भए पनि यस वर्ष भने नेपालको आर्थिक वृद्धिदर विस्तार हुँदै ४.३ प्रतिशत पुग्ने एडीबीले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।
यस्तै, चालु आर्थिक वर्षमा नेपालको मुद्रास्फीति (उपभोग्य बजार महंगी) समेत घटेर ६.२ प्रतिशत हाराहारीमा सीमित हुने एडीबीको प्रक्षेपण छ । गत वर्ष यस्तो मुद्रास्फीति ७.७ प्रतिशत पुगेको एडीबीको रिपोर्टमा उल्लेख छ ।
केन्द्रीय बैंकले नीतिगत दर घटाएका कारण ब्याजदर कम हुने र आर्थिक गतिविधिले गति लिने एडीबीको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण