आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

हङकङस्थित कूटनीतिक नियोगमा कार्यरत कर्मचारीको विवरण उपलब्ध गराउन चीनको आदेश

बुधबार, ०३ असोज २०८०, १६ : ०५
बुधबार, ०३ असोज २०८०

हङकङ । चीन सरकारले हङकङस्थित सबै वाणिज्य दूतावास/कूटनीतिक नियोगमा कार्यरत स्थानीय कर्मचारीको व्यक्तिगत विवरण उपलव्ध गराउन आदेश दिएको छ । आगामी अक्टोबर १८ सम्ममा सबै स्थानीय कर्मचारीको विवरण उपलव्ध गराउन हङकङस्थित चिनियाँ विदेश मन्त्रालयको आयुक्तको कार्यालयले आदेश दिएको हो । 

आयुक्तको कार्यालयले स्थानीय कर्मचारीको व्यक्तिगत विवरण लिने निर्णय अन्तरराष्ट्रिय अभ्यासअनुरूप भएको दबी गरेको छ । अब हङकङमा पनि मुख्य भूमिमा कार्यान्वयन गरिएका नियम लागू हुनेछन् । चिनियाँ पक्षले हङकङमा रहेका विदेशी कन्सुलर कार्यालयहरूको मामिला प्रचलित कानुनअनुसार र व्यावहारिक दृष्टिकोणबाट व्यवस्थापन गर्दै आएको स्पष्ट गरको छ । 

चिनियाँ अधिकारीहरूलाई बुझाउनु पर्ने सूचनामा कुन पदमा कर्मचारीले काम गरिरहेको हो, निजको आवासीय ठेगाना र परिचय पत्र नम्बरहरू समावेश गर्न निर्देशन दिइएको छ । नयाँ कामदार भर्ती गरेमा निजको विवरण पनि  १५ दिनभित्र अनिवार्य रुपमा बुझाउन पत्राचार गरिएको छ । आयुक्तको कार्यालयले नयाँ नियमको उद्देश्यबारे केही खुलाएको छैन । 

सन् १९९७ मा बेलायतले चिनियाँ भूभाग हङकङ बेइजिङलाई हस्तान्तरण गरेको हो । विशेष स्वायत्तता शासन पद्धति अपनाइएको हङकङमा पछिल्ला दिनमा बेइजिङ विरोधी गतिविधि बढ्न थालेपछि कडा राष्ट्रिय सुरक्षा कानून लगाएर शहर व्यवस्थापन हुँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप