बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमान्–श्रीमतीको सम्बन्धमा यस्ता कुराले ल्याउँछ दरार, बोल्नुभन्दा अघि सोच्नुहोस्

बिहीबार, ०४ असोज २०८०, १३ : ५५
बिहीबार, ०४ असोज २०८०

वैवाहिक जीवन सफल बनाउन प्रेमका साथै एक–अर्कासँग कुराकानी गर्नु र आफ्ना समस्याबारे अवगत गराउनु निकै महत्त्वपूर्ण मानिन्छ । तर कतिपय अवस्थामा पार्टनरबीच मनमुटाव हुने भएकोले सम्बन्धमा बिस्तारै फिक्कापन देखिने गर्छ । यस्तोमा आज हामी तपाईंलाई केही यस्ता चिजबारे जानकारी दिँदै छौँ जसले सम्बन्धमा तिक्तता निम्त्याउने गर्छ । यस्ता कुराहरू आफ्ना पार्टनरलाई जतिसुकै रिस उठ्दा पनि भन्नु हुँदैन । 

‘तिमीसँग विवाह गरेर पछुताइरहेको छु’

विवाह गरेँ भनेर पछुतो व्यक्त गर्नु तपाईंका पार्टनरका लागि निकै पीडादायी हुनसक्छ । तपाईंले यसो भन्नुभयो भने तपाईंको सम्बन्धमा प्रेम त कम हुन्छ नै विश्वास पनि टुट्छ । यस्तोमा पछुताउनको साटो समस्या सुल्झाउने तिर तपाईंले ध्यान केन्द्रित गर्नुपर्छ । 

‘तिमी आफ्नो आमा–बुवा जस्तै छौ’

आफ्नो पार्टनरको तुलना उनीहरूको आमाबुवासँग गर्नु पनि तपाईंको सम्बन्धका लागि खराब हुनसक्छ । यस्तो भन्दा तपाईं बीचको सम्बन्धमा एक नकारात्मक प्रभाव पर्छ । यस्तोमा यदि तपाईंलाई पार्टनरको कुनै कुरा चित्त बुझिरहेको छैन भने तपाईंले सिधै पार्टनरसँग नै कुरा गर्नुहोस् । 

‘मलाई तिम्रो फिटिक्कै माया लाग्दैन’

यो शब्द पार्टनरका लागि निकै कठोर हुन्छ र यसले तपाईंहरुको सम्बन्ध बरबाद गर्न सक्छ । यदि तपाईंलाई आफ्नो प्रेममा अलिकति पनि शङ्का छ भने कपल काउन्सिलिङ वा थेरापी लिनुहोस् ।

‘काश मेरो विवाह अरू कसैसँग भएको भए’

अरू व्यक्तिसँग विवाहको इच्छा व्यक्त गर्दा तपाईंको पार्टनरको मन टुट्न सक्छ । यस्ता कुरा गर्नुको साटो तपाईंले आफ्नो सम्बन्धलाई सुधार्ने कोसिस गर्नुहोस् । 

‘सबै समस्याको जड तिमी हौ’

वैवाहिक जीवनमा सबै समस्याका लागि पार्टनरमाथि आरोप लगाउनु निकै खतरनाक हुनसक्छ । यसले न त समस्याको समाधान निस्कन्छ न नै सम्बन्ध बलियो हुन्छ । यस्तोमा कुनै पनि समस्यासँग जुध्नका लागि एक–अर्कालाई साथ दिनुहोस्, आरोप प्रत्यारोप नगर्नुहोस् । 

‘तिमी असाध्यै खराब अभिभावक हौ’

पार्टनरको पेरेन्टिङ क्षमताका लागि उसलाई अपमानित गर्नु तपाईंको सम्बन्धका लागि निकै खतरनाक साबित हुनसक्छ । अभिभावकत्वको विषयमा पार्टनरबीच हल्काफुल्का मतभेद हुनु साधारण कुरा हो तर तपाईंले बच्चाको अगाडि वा पछाडि एक–अर्कासँग निकै आदरका साथ कुरा गर्नु निकै महत्त्वपूर्ण हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप