३ महिनाभित्रै सेती प्रादेशिक अस्पताललाई परिवर्तन गर्छु : मुख्यमन्त्री शाह
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले ३ महिनाभित्रै धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई परिवर्तन गर्ने बताएका छन् ।
बिहीबार अस्पतालको स्थलगत अनुगमनको क्रममा मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् ।
कर्मचारी अभावको समस्या कम विज्ञापन आह्वान गर्ने शाहको भनाइ थियो ।
अनुगमनमा भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा, सामाजिक विकास मन्त्री झपट साउँदको सहभागिता रहेको थियो ।
अस्पतालको इमरजेन्सी वार्डदेखि सबै वार्डहरू मुख्यमन्त्री शाहसहित मन्त्रीहरूले अनुगमन गरेका थिए । उनीहरुले अस्पतालमा आएका सेवाग्राहीका समस्या सुन्नुका साथै चिकित्सकका समस्या र व्यवस्थापकीय कठिनाइका विषयमा बुझेका थिए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष निर्मल शाहले अस्पतालमा विविध समस्या कायम रहेको बताए । उनले चिकित्सकदेखि अन्य स्वास्थ्यकर्मी अभावसँगै संरचनाको अभाव समेत रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण