विवादास्पद शिक्षा विधेयक तत्काल फिर्ता लिनुपर्छ : विष्णु रिमाल
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सरकारले विवादास्पद विद्यालय शिक्षा विधेयक तत्काल फिर्ता लिनुपर्ने बताएका छन् । उनले शिक्षकहरुका मागको सम्बोधन गर्नेगरी वार्तालाई सार्थक बनाउन जोड दिँदै आन्दोलन जति लम्बिन्छ उत्ति नै मुलुकलाई क्षति पुग्ने बताएका छन् ।
गुरुहरुको गुनासो सुनवाइ गर भन्दै रिमालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शिक्षा विधेयकको विरुद्ध देशभरका सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलनमा छन् । यस आन्दोलनको नेतृत्व शिक्षक महासंघले गरिरहेको छ । आन्दोलनको कारण छ । तर यो आन्दोलन जति लम्बिन्छ, उत्ति नै मुलुकलाई क्षति पुग्छ ।’
साथै उनले सरकारले आन्दोलनरत शिक्षकहरुसँगको वार्ता टार्न नभई गुनासो सम्बोधन गर्नेगरी गर्नुपर्नेमा जोड दिएका छन् । ‘तसर्थ सरकारले टार्न हैन गुनासाको सम्बोधन गर्नेगरी वार्तालाई सार्थक बनाउनुपर्छ’, रिमालको भनाइ छ ।
शिक्षक महासंघले संविधान र कानुनको सीमामा रही सम्वादलाई पेशागत हक÷हितमा सीमित गर्नुपर्ने सुझाव पनि रिमालले दिएका छन् । साथै उनले स्थानीय सरकारले राजनीतिक दाउपेचमा शिक्षकहरुलाई प्रताडित गर्न रोक्नुपर्ने र उनीहरुको पेशागत हितका बिषय अक्षुण्ण रहन दिनुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘विवादास्पद शिक्षा विधेयक तत्काल फिर्ता लिइनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण