भिभोको वाई १७ एस सार्वजनिक, कति पर्छ मूल्य ?
काठमाडौं । भिभोले वाई सिरिजमा आफ्नो नयाँ स्मार्टफोन भिभो वाई १७ एस सार्वजनिक गरेको छ । कम्पनीले नवीन तथा आकर्षक विशेषता भएको वाई १७ एस शुलभ मूल्यमा सार्वजनिक गरेको जनाएको हो ।
यो स्मार्टफोनले प्रयोगकर्ताहरुलाई आकर्षित गर्दै बजारमा हलचल ल्याउने भिभोको दाबी छ । भिभो वाई १७ एसमा मुलभुत रुपमा एलिगेन्ट डिजाइनलाई प्राथमिकतामा राखिएको छ । स्टाइल र कार्यक्षमता दुवैलाई सहज रूपमा एकीकृत गर्दै यो स्मार्टफोनमा एक ट्रेन्डी डुअल क्यामेरा डिजाइन रहेको छ ।
यसमा भएको २.५ डी सामग्रीले आरामदायी ग्रिप सुनिश्चित गर्नुका साथै सोफेस्टिकेशनको स्पर्श थप्दै, प्रतिस्पर्धाबाट अलग बनाउँछ । भिभो वाई १७ एस दुई रंगमा उपलब्ध छ । कम्पनीका अनुसार ग्लिटर पर्पल र फरेस्ट ग्रीनमा यो फोन उपलब्ध छ ।
भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भने, ‘भिभो वाई १७ एसले स्मार्टफोनले नवप्रवर्तनको सीमालाई अघि बढाउनेछ । यसको डिजाइन, उत्कृष्ट क्यामेरा क्षमताहरू र अद्भूत विशेषताहरुले गर्दा स्मार्टफोन अनुभवलाई पुनः परिभाषित गर्छ ।’
भिभो वाई १७ एसको क्यामेराको क्षमता उत्कृष्ट रहेको कम्पनीले जनाएको छ । फोनमा ५० एमपी पोट्र्रेट क्यामेरा, २ एमपी बोकेह क्यामेरा, र ८ एमपी फ्रन्ट क्यामेरा छ । यस्तै, वाई १७ एसमा ५००० एमएएचको विशाल ब्याट्री छ । फोनको मूल्य १६ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२७ तस्बिरमा हेर्नुहोस् झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर
-
पार्टी एकता सहमतिउन्मुख छ : गगन थापा
-
ओलीको शिलालेख हटाइएको भन्दै एमाले चन्द्रागिरि नगर कमिटीको आपत्ति
-
रेनुलाई एसियाली पारा खेलकुदका लागि वाइल्ड कार्ड
-
कांग्रेसको अन्य राजनीतिक दल संवाद समितिमा दुई सदस्य मनोनयन
-
'नेपालको जलस्रोत' सार्वजनिक : जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण