शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

केनको ह्याट्रिकमा बायर्नको सात गोल

शनिबार, ०६ असोज २०८०, २१ : ५६
शनिबार, ०६ असोज २०८०

एलाइन्ज एरिना । इंग्ल्याण्डका कप्तान ह्यारी केनले ह्याट्रिक गर्नुका साथै दुईवटा गोलको अवसर सिर्जना गर्दा साबिक विजेता बायर्न म्युनिखले भीएएफएल बोचुम १८४८ लाई ७–० को विशाल अन्तरले पराजित गरेको छ ।

बुन्डेस लिगा अन्तरगत शनिबार भएको खेलमा बायर्नले एरिक म्याक्सिम चुपो मोटिङको गोलको मद्दतले खेलको चौथो मिनेटमा नै अग्रता लिएको थियो । १२ औँ मिनेटमा केनले टोलीको अग्रता दोब्बर बनाए । २९ मिनेटमा म्याथस डी लिटले तेस्रो गोल थपे । ३८ औँ मिनेटमा केनले लिरोय सानेका लागि गोलको अवसर सिर्जना गरेपछि बायर्नले ४–० को अग्रता बनायो । 

दोस्रो हाफमा पनि बायर्नले गोल वर्षा जारी राख्यो । ५४ औँ मिनेटमा केनले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गरे । ८१ औँ मिनेटमा केनले म्याथेस टेलका लागि गोलको अवसर सिर्जना गरे । ८८ औँ मिनेटमा उनले आफै गोल गर्दै ह्याट्रिक पुरा गरे । सुरुवाती पाँच खेलमा उनले बायर्नका लागि ७ गोल गरिसकेका छन् । बायर्नका कुनै पनि खेलाडीले यो उपलब्धि हासिल गर्न सकेका थिएनन् ।

थोमस टुकलको टोलीले ५ खेलमा ४ जीत र १ बराबरी गर्दै १३ अंक बटुलेर लिगको शीर्ष स्थानमा रहेको छ । उता आरबी लेइपजीगले बोरुसिया मोचेनग्लाडब्याचलाई १–० ले हरायो भने बोरुसिया डर्टमण्डले वूल्फ्सबर्गलाई समान गोलअन्तरले पराजित गर्‍यो । लेइपजिग तेस्रो र डर्टमण्ड पाँचौ स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप