सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

शिव परियारको बालश्रमविरुद्धको गीत ‘देखे जस्तो लाग्यो’  सार्वजनिक

सोमबार, ०८ असोज २०८०, ११ : २४
सोमबार, ०८ असोज २०८०

काठमाडौंँ । गायक शिव परियारले आफ्नो नयाँ गीत ‘देखे जस्तो लाग्यो’ सार्वजनिक गरेका छन् । प्रतिभा ढुंगानाको शब्द र  देवेन्द्र बरालको संगीत रहेको गीतमा दिनेश न्यौपानेको संगीत संयोजन छ ।

नेपालमा अझै १५ लाख बालबालिकाहरु श्रमिकको रूपमा काम गर्न बाध्य रहेको अवस्थामा र बालश्रम नगराउ भन्ने सामाजिक सन्देश गीतमा छ । भिडियोमा मोडेल विकास लामिछाने र बिना राउतको अभिनय छ ।

उनीहरुलाई अभिनयमा बालकलाकार शास्वतविक्रम शाही र सुरंगना शाहीले साथ दिएका छन् ।  विशाल थापा छायांकन, दिन्सन शाहको सम्पादन रहेको भिडियो गणेश शाहीले निर्देशन गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप