शिव परियारको बालश्रमविरुद्धको गीत ‘देखे जस्तो लाग्यो’ सार्वजनिक
सोमबार, ०८ असोज २०८०, ११ : २४
काठमाडौंँ । गायक शिव परियारले आफ्नो नयाँ गीत ‘देखे जस्तो लाग्यो’ सार्वजनिक गरेका छन् । प्रतिभा ढुंगानाको शब्द र देवेन्द्र बरालको संगीत रहेको गीतमा दिनेश न्यौपानेको संगीत संयोजन छ ।
नेपालमा अझै १५ लाख बालबालिकाहरु श्रमिकको रूपमा काम गर्न बाध्य रहेको अवस्थामा र बालश्रम नगराउ भन्ने सामाजिक सन्देश गीतमा छ । भिडियोमा मोडेल विकास लामिछाने र बिना राउतको अभिनय छ ।
उनीहरुलाई अभिनयमा बालकलाकार शास्वतविक्रम शाही र सुरंगना शाहीले साथ दिएका छन् । विशाल थापा छायांकन, दिन्सन शाहको सम्पादन रहेको भिडियो गणेश शाहीले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण