एसियाली खेलकुदमा चीनको वर्चस्व कायमै
हाङ्झाउ । आयोजक राष्ट्र चीनले सोमबार पनि एसियाली खेलकुदमा आफ्नो वर्चस्व कायम गरेको छ । हालसम्म ६० वटा पदक जितेर चीनले आफ्नो अपराजित यात्रालाई जारी राखेको छ ।
पछिल्लो पदक तालिकाअनुसार चीनले पौडीमा ९, साइक्लिङमा २, जिम्न्यास्टिकमा १, रोइङमा ११, मोडर्न पेन्टल्थुनमा २, सुटिङमा ५, उसुमा ३ र स्केट बुर्डिङमा १ गरी ३४ स्वर्णसहित ६० वटा पदक हात पारेको छ ।
पदक तालिकामा दोस्रो स्थानमा रहेको कोरियाले ८ स्वर्ण, ८ रजत र ११ वटा कांस्य पदक जितेको छ भने दक्षिण कोरियालाई पछ्याउँदै जापानले ५ स्वर्ण, १२ रजत र ११ वटा कांस्य पदकमा आफ्नो कब्जा जमाएर तेस्रो स्थान सुरक्षित गरेको छ ।
उज्वेकिस्तानले ४ स्वर्ण, चार रजत र ४ कांस्यमा चित्त बुझाएको छ भने ३ स्वर्ण, ४ रजत र ७ कांस्यसहित पदक तालिकामा पाँचौँ स्थानमा रहेको छ । सुटिङ र क्रिकेटमा २ स्वर्ण पदक हासिल गरेको भारतले ३ वटा रजत र ६ वटा कांस्य पदक प्राप्त गरेर छैटौँ स्थानमा आफूलाई समेटेको छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण