बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बलिउडमा संघर्षरत नायिका मृत फेला

मङ्गलबार, ३० जेठ २०७४, ०९ : ३०
मङ्गलबार, ३० जेठ २०७४


मुम्बई – बलिउडमा संघर्ष गरिरहेकी नायिका कृतिका चौधरी शंकास्पद अवस्थामा आफ्नै घरमा मृत फेला परेकी छिन् ।

३० वर्षीया चौधरी अन्धेरीमा रहेको आफ्नै फ्ल्याटमा सोमबार मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको हत्या भएको हुनसक्ने बताउँदै यसबारे अनुसन्धान शुरु गरेको छ ।

उनको फ्ल्याटबाट दुर्घगन्ध आएपछि दिउँसो ३ः४५ बजे चौधरीका छिमेकीहरुले प्रहरीलाई खबर गरेका थिए ।

सूचनापछि प्रहरी त्यहाँ पुग्दा ढोका बाहिरबाट ताला लगाइएको थियो । विगत तीन–चार दिनदेखिनै ढोका बन्द रहेको प्रहरीको भनाई छ ।

भित्र छिर्दा फ्ल्याटमा कुहिएको अवस्थामा महिलाको शव फेला परेको थियो । पछि शव चौधरी रहेको पहिचान गरिएको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप