कांग्रेस संखुवासभा सभापति खड्काद्वारा राजीनामा
बुधबार, १० असोज २०८०, १६ : ५५

काठमाडौँ । नेपाली कांग्रेस संखुवासभा सभापति दिपक खड्काले पदबाट राजीनामा दिएका छन्।
खड्काले बुधबार मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन्।
उनले आफूले दिएको राजीनामा स्वीकृत गरी विधानअनुसार जिल्लाका अन्य नेतामध्येबाट सभापति चयन गर्न आग्रह गरेका छन्।
पूर्वमहामन्त्री शशांक कोइारालाका विश्वासपात्र मानिने खड्का २०७८ असोजमा भएको जिल्ला अधिवेशनबाट राईमान राईलाई हराउँदै सभापति भएका थिए। प्रतिनिधि सभा सदस्य समेत रहेका खड्काले कार्यव्यस्ता देखाउँदै जिल्ला सभापतिबाट राजीनामा दिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ
-
भारतीय आक्रमणपछि पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने
-
मुख्यमन्त्री आचार्य र स्विस राजदूतबिच शिष्टाचार भेटवार्ता
-
दुई लाख घुस सहित कम्युटर अपरेटर राम लखन अख्तियारको नियन्त्रणमा
-
१० बजे, १० समाचार : छिमेकमै युद्धको खतरादेखि कामदार पठाउन सिन्डिकेटको प्रयाससम्म