कांग्रेस संखुवासभा सभापति खड्काद्वारा राजीनामा
बुधबार, १० असोज २०८०, १६ : ५५
काठमाडौँ । नेपाली कांग्रेस संखुवासभा सभापति दिपक खड्काले पदबाट राजीनामा दिएका छन्।
खड्काले बुधबार मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन्।
उनले आफूले दिएको राजीनामा स्वीकृत गरी विधानअनुसार जिल्लाका अन्य नेतामध्येबाट सभापति चयन गर्न आग्रह गरेका छन्।
पूर्वमहामन्त्री शशांक कोइारालाका विश्वासपात्र मानिने खड्का २०७८ असोजमा भएको जिल्ला अधिवेशनबाट राईमान राईलाई हराउँदै सभापति भएका थिए। प्रतिनिधि सभा सदस्य समेत रहेका खड्काले कार्यव्यस्ता देखाउँदै जिल्ला सभापतिबाट राजीनामा दिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण