बाबुराम भट्टराईको प्रश्न : देश गम्भीर आर्थिक संकटबाट गुज्रिन थाल्यो, खै आर्थिक विमर्श ?
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले देश गम्भीर आर्थिक संकट र मन्दीबाट गुज्रिन थालेको बताएका छन् । अध्यक्ष भट्टराईले रेमिट्यान्स बाहेक अर्थतन्त्रका कुनै सूचक सकारात्मक नभएको बताए ।
शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले अर्थतन्त्रका सूचक गम्भीर ढंगले नकारात्मक र विपरित दिशातर्फ उन्मुख रहेको बताउँदै यो समस्या तत्कालिक र सामान्य प्रकृतिको नभएको चेतावनी दिएका छन् ।
उनले भनेका छन् : ‘गत साठी वर्षयता बार्षिक आर्थिक वृद्धिदरले कहिल्यै दुइ अंक छोएको छैन वर्तमान नेपाल राज्य बनेयता अर्थात् सुगौली–सन्धी यता वैदेशिक व्यापार घाटा बढेको बढ्यै छ१वैदेशिक ऋण बढेको बढ्यै छ ! महॅगी निरन्तर उकालो छ ! भ्रष्टाचार चुलिएको चुलियै छ !’
भट्टराईले केही समययता जनशक्तिसँगै पुॅजी समेत पलायन भैरहेको बताउँदै यस्तो संकटका बेला खै देशमा गम्भीर आर्थिक विमर्श भन्दै प्रश्न गरेका छन् ।
‘औद्योगिक उत्पादनले दुइ अंक नाघ्न सधैं कनिकुथी गरिरहेकै छ ! जनशक्ति पलायन त निरन्तर भैरहेकै थियो, केही समययता पुॅजी समेत पलायन भैरहेको बताइन्छ ! दशैंको मुखमा प्रायः चलायमान हुने बजार यसपटक सुनसान हुने छनक देखिँदैछ’ पूर्वअर्थमन्त्री समेत रहेका भट्टराईले प्रश्न गरेका छन् : ‘यस्तो बेला खै देशमा गम्भीर आर्थिक विमर्श ? खै राज्यको तर्फबाट गम्भीर नीतिगत र व्यवहारिक पहल र हस्तक्षेप ? जनतालाई आज मरे भोलि ओखती.....?’
उनले भनेका छन् : ‘सबैले राजनीतिदेखि राजनीतिसम्मको बॉसुरी बजाउनु सट्टा अर्थतन्त्र र अर्थनीतिवारे नि चासो लिने कि ?’
यस्तो छ भट्टराईको स्टाटस् :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण