प्रधानमन्त्री प्रचण्डले दिए राष्ट्रसंघका महासचिवलाई नेपाल भ्रमणको निम्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसलाई नेपाल भ्रमणको निम्ता दिएका छन् । संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा अमेरिकाको न्यूर्योकमा सहभागी हुने क्रममा महासचिव गुटरेससँग दुईपक्षीय भेटवार्ता भएको र सो क्रममा आफूले निमन्त्रणा गरेको बताएका छन् ।
भेटको क्रममा नेपालले शान्ति प्रक्रियामा गरेको प्रगति, नेपालमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि संयुक्त राष्ट्रसंघको सहयोग, संयुक्त राष्ट्रसंघको विकास र सुदृढीकरणमा नेपालको समर्थन तथा संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापनार्थ कार्यमा नेपालले पुर्याएको योगदानको विषयमा छलफल भएको जानकारी दिएका छन् । सो क्रममा महासचिवलाई नेपाल भ्रमणको लागि पुनः आमन्त्रण गरेको र आफ्नो निमन्त्रणा स्वीकार गरी छिट्टै नेपाल भ्रमणमा आउने उल्लेख गरे ।
यस्तै प्रचण्डले एन्टिगुवा र बारमुडाका प्रधानमन्त्रीले आयोजना गरेको ‘यूनाइटेड नेशन्स फ्रेन्डस अफ भिजन हाई लेभल ब्रिफ कार्यक्रममा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै नेपालले आँखाको उपचारमा हासिल गरेका उपलब्धि प्रस्तुत गरेको जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण