सुन तस्करी प्रकरण छानबिन आयोगलाई तीन महिनाको कार्यादेश

काठमाडौँ । सुन तस्करी प्रकरण छानबिन आयोगलाई तीन महिनाको कार्यादेश दिनेगरी शीर्ष तहमा सहमाति भएको छ । उच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा तीन सदस्यीय आयोग गठन गर्नेबारे आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति भएको हो ।
प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले सचेतक महेश बर्तौलालगायतको सहभागितामा बसेको बैठकले आयोग गठन गर्ने सहमति गरेको हो । एमाले सचेतक बर्तौलाका अनुसार आयोगको कार्यादेश तीन महिनाको हुने र आयोगले तस्करीका सम्बन्धमा विस्तृत अध्ययन गरेर प्रतिवेदन तयार गर्ने छ ।
आयोगले विदेशबाट इलेक्ट्रिक सिगरेटमा सुन राखी अबैध पैठारी (तस्करी) गरिएको, साउन २ गते ब्रेकसुमा राखी तस्करी गरिएको सुन लगायत पटक पटक सुन तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई स्वतन्त्र र निस्पक्ष छानबिन गर्ने बर्तौलाले जानकारी दिए ।
यस्तो तस्करीजन्य कार्यको पूर्णरुपमा नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधार र पटक पटकको सुन तस्करी सम्बन्धमा नेपाल सरकारका विभिन्न निकायबाट भएका छानबिन अनुसन्धानसमेतको अध्ययन गरी तस्करीको प्रकृति, सुनको परिमाण, अपराधको दायरा र सो कार्यमा संलग्न व्यक्तिका सम्बन्धमा थप अनुसन्धान गर्नुपर्ने देखिएमा थप छानविन अनुसन्धान गरी कानून बमोजिम कारबाहीका आयोगले लागि सिफारिस गर्ने उनको भनाइ छ ।
एमालेको मागबमोजिम सहमति भएसँगै संसदको अवरोध पनि हट्ने भएको छ। संसद बैठक आजै दिउँसो १ बजेका लागि बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गोल्डस्टार’ लाई दुई लाख पाँच हजार जरिवाना
-
दुगड बदर्श एण्ड सन्सलाई विभागले तिरायो तीन लाख जरिवाना, अन्य तीन फर्मलाई कति ?
-
आवासीय चिकित्सकका विषयमा शिक्षा मन्त्रालयले सच्यायो विज्ञप्ति
-
स्टार्टअप कर्जाका लागि ६६१ परियोजना छानिए, कसरी पाइन्छ ऋण ?
-
राजस्व अनुसन्धान विभागद्वारा ध्रुव कन्स्ट्रक्सनका सञ्चालक विरूद्ध १ अर्ब २० करोडको मुद्दा दायर
-
रारा राष्ट्रिय निकुञ्जमा एनटिएनसीको फिल्ड कार्यालय उद्घाटन